भरतपुर : चितवनका सामुदायिक तथा संस्थागत विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । एक महिना बन्द भएका विद्यालय खुल्न लागेका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ चितवनका अनुसार आइतबारदेखि सबै स्थानीय तहका विद्यालयहरु सञ्चालनमा आउने जनाएको छ ।
इकाईका प्रमुख भूमिलाल शर्मा सुवेदीले ७ वटै पालिकाका शिक्षा शाखाहरुले आइतबारबाटै पठनपाठन सुरु गर्ने तयारी गरेको जानकारी दिनुभयो ।
विद्यार्थी तथा शिक्षकले अनिवार्य मास्क लगाउनुपर्ने, कक्षाकोठालाई हरेक दिन निर्मलिकरण गर्नुपर्ने, वडातहसँग समन्वय गरेरमात्रै विद्यालय चलाउनुपर्ने उहाँले बताउनुभयो । बैशाख १५भित्रै विद्यालय तहका सबै परीक्षा सक्ने गरी भौतिक रुपमै कक्षा चलाउन थालिएको बताउनुभयो ।
झण्डै ४० प्रतिशत कोर्ष पुरा गर्न भर्चुअल विधि प्रभावकारी नभएकाले भौतिक रुपमै पठनपाठन सुरु गर्नुपरेको उहाँले बताउनुभयो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया