सातामा १५ सयले बढ्यो सुनको भाउ


काठमाडौँ ।
पछिल्लो एक सातामा सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस साताको पहिलो दिन आइतबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको छापावाला सुनको भाउ शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको हो ।

यस्तै, चाँदीको भाउ पनि एक सातामा प्रतितोला ३० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ । साताको पहिलो दिन आइतबार चाँदीको भाउ प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यता तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया