पशुपतिनाथको मन्दिर आजबाट खुल्यो

काठमाडौँ । पशुपतिनाथको मन्दिर आजबाट खुलेको छ । आजबाट भक्तजनले पशुपतिनाथको मन्दिरमा पूजा तथा दर्शन गर्न सक्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको २०७८\१०\२३ मा जारी आदेश अनुसार आजबाट मन्दिर खुला गरिएको कोषले स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्चलगायत स्थलहरुमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न गराउन सकिने उल्लेख छ ।

एक पटकमा ५० जनाभन्दा धेरै भने मन्दिरमा प्रवेश गर्न पाउने छैनन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया