फागुन १ गतेदेखि सबै नागरिकलाई बुस्टर डोज


काठमाडौँ।
सरकारले फागुन १ गतेदेखि सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आज प्रेस ब्रिफिङमार्फत् सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिने निर्णय भएको जानकारी दिए ।

अहिले लक्षित समुदाय मात्रै तोकेर बुस्टर डोज खोप दिइँदै आएको छ । आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको जिकिर गरे । २४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरणअनुसारको प्रतिवेदन बुझाउने उनको विश्वास छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया