
कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा , नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।‘श्रमको सम्मान, श्रमिकलाई बित्तिय ज्ञान’ भन्ने मुल नारा तय गर्दै आयोजित कार्यक्रम जुम मार्फत भर्चुअल रुपमा हुने जनाईएको छ ।
कार्यक्रम यही आउँदो शनिवार फेब्रुअरि १२ मा कोरियन समय बेलुकी ठिक ८ बजे र नेपालि समय ४:४५ बजे हुनेछ । एनसिसी कोरियाका अध्यक्ष दिपक पुनले कार्यक्रममा सहभागिताका लागि कोरियामा रहेका सबै नेपालीहरुलाई आग्रह गरेका छन। पुनले कार्यक्रमबाट श्रम, ब्यापार, अध्ययन एबं बिभिन्न सिलसिलामा बसोबास गरिरहेका नेपालीहरु लाभान्वित हुने विश्वास ब्यक्त गरे । उनले उक्त कार्यक्रम अत्यन्त महत्वपुर्ण कार्यक्रम भएकाले समय मिलाएर सह्भागि भई फाईदा लिन आग्रह गरे ।
फेसबुकबाट तपाइको प्रतिक्रिया