नक्कली पीसीआर रिपोर्ट बनाउने दुईजना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पीसीआर रिपोर्ट बनाउने दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१३, चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ अएसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना संकलन गरी नक्कली रिपोर्ट बनाएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनीहरूलाई यही माघ २५ गते पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।

पक्राउ परेका उनीहरूलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालतमार्फत म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया