राप्ती नगरपालिका- ०८, ०३ ग्रुपको पर्बतबस्तिमा अवस्थित श्री जनप्रीय राष्ट्रीय आधारभूत बिद्यालयमा स्विटर बितरण कार्यक्रम आज मङ्गलबार सम्पन्न भएको छ। जाडो याममा विशेष गरि स-साना बिद्यार्थी भाइ-बहिनिहरुलाई लच्छित गरि सो कार्यक्रम गरिएको हो। बिवा नेपाली समाज (सिगा) जापानको आर्थिक सहयोगमा गरिएको उक्त कार्यक्रम समाजसेवी युवा नेता बिश्वशान्त लामाको बिशेष पहलमा भएको हो।
अन्य स्थानहरु हुँदै सो कार्यक्रम आठौं पटक यस बिद्यालयमा गरिएको छ। उक्त कार्यक्रममा बागमती प्रदेश भुमि तथा कृषि सहकारी पुर्ब मन्त्री दावा दोर्जे लामा, नेकपा एमाले बागमती प्रदेश सदस्य गोबिन्द प्रसाद कंडेल , राप्ती नगरपालिकाका उप-प्रमुख इमान सि.लामा, राप्ती ०८ का वडाध्यक्ष बुद्धिराज थपलिया, राप्ती नगरपालिका का कार्यपालिका सदस्य श्यामलाल बिक, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेल, जनकल्याण सामुदायिक बनका अध्यक्ष हिरलाल बल र सो बिधालयका प्रधानाध्यापक पार्बती कुमारी चापागाईं, शिक्षक अबिभाबक संघका अध्यक्ष रमेश पाठक, बिधालय ब्यवस्थापन समितिका सदश्य तिलक प्रसाद घिमिरे लगायत शिक्षक र बिद्यार्थीका अबिभावकरुको बाक्लो उपस्तिथि रकेको थियो।
कार्यक्रमको पहलकर्ता लामाले जाडो याममा नानी-बाबुहरुलाई न्यानो कपडा बितरण गर्न पाउदा आफुलाई पनि न्यानो अनुभव भएको बताउनु हुँदै, बिवा नेपाली समाज (सिगा)का अध्यक्ष मित्रलाल गौतम, सचीव अन्जन खनाल, कोषाध्यक्ष रबिन्द्र बस्नेत तथा सम्पुर्ण पधादिकारी तथा सदश्यहरुलाई बिशेष धन्यवाद दिनुभयो। सो कार्यक्रममा सोही बिद्यालयका प्रधानाध्यापक पार्बती कुमारी चापागाईंले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालक सोही बिद्यालयका शिक्षक राजुसाब कंडेलले गर्नुभएको हो र कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एबम राप्ती नगरपालिका ०८ का वडा सदश्य पुरुस्वत्तम आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो।
फेसबुकबाट तपाइको प्रतिक्रिया