
टोकियो । गैरआवासीय नेपाली संघ रासप जापानले बिगत तीन कार्यकालबाट आयोजना गर्दै आएको क्षेत्रीय भेला यो पटक पनि गर्ने भएको छ ।
भेलालाई आवश्यकता र समय परिस्थिती संगै महत्व साथ हेर्दै आइएको छ । यो पटक ऐतिहासिक रुपमा २ दिन आयोजना गर्ने गरि चौथो क्षेत्रीय भेला हुने भएको हो । भेला यही फेब्रुअरि २६ र २७ तारिक अर्थात र आईतबार समय दिउँसोको १ बजे हुनेछ भने ठाउँको भने आगामि बैठकले तर्जुमा गर्ने जनाइएको छ ।
भेलामा सधै मनतव्यलाई मात्र प्राथमिकता दिने र नीति तथा योजना ओजेलमा परेका कारण क्षेत्रीय कमिटिका गुरु योजना संगै यसपल्ट भेलाले ठूलो उपलव्धी हासिल गर्ने आयोजकको तर्फ बाट अध्यक्ष अनिता गरुङ बताउनु हुन्छ।
क्षेत्रिय कमिटिले सधै उठाउदै आएका क्षेत्रिय बिधान र क्षेत्रिय साधारण सभा जस्ता अति महत्वका बिषय पनि यस पल्ट योजना सहित संबोधन हुने आयोजक कमिटिका संयोजक बिकास बस्नेतले बताउनु भयो ।
उहाँले खादा, मनतब्य र जलपानमा मात्र सिमित हुने भेला यस पल्ट नीति र योजनामा विशेष छलफल हुने गरी महत्व दिने देखिन्छ। यस पल्ट क्षेत्रीय भेलाको स्लोगन “क्षेत्रिय समितिका गुरु योजनामा बैज्ञानीकता, संस्था र जापानवासी नेपाली प्रति प्रतिवद्धता ।रहने छ। भेलाका बिषय बस्तुहरु निम्न अनुसार रहने प्रवक्ता सरिता ढकालले जानकारी दिनु भयो।
१. कार्यपत्र प्रस्तुत
सहजीकरणका लागि पाच सदस्यीय कार्यदल गठन गर्दै कार्यदलले क्षेत्रिय समितिको गुरु योजना सम्वन्धि कार्यपत्र तपसिल बुँदामा आधारित रहि गर्ने छ र बिषय बस्तुको थप सफलता र सहजिकरणको लागि भेला प्रतिनिधिलाई बिभिन्न ५ समुह बिभाजन गरि कार्यपत्र उपर बृहत छलफल पच्छात छलफलबाट प्राप्त बिषय निर्णयार्थ हलमा पेश हुने छ। हलले पास गरेपछि लागु गरिने छ।साथै रासप जापानको विधानमा पनि सहज र बिशेष भुमीका रहने गरी भेलाले महत्व दिने आयोजकको भनाई छ।
बिषय बस्तु
क) क्षेत्रिय बिधान र संगठनात्मक संरचना।
ख) क्षेत्रिय बार्षिक साधारणसभा।
ग) नीति तथा योजना।
घ) आर्थिक श्रोत संगै कोष परिचालन।
ङ) रासप र क्षेत्र बिचको समन्वय।
२. ५ समुहमा भाग लिने ब्यक्तित्वहरु
क) पुर्व क्षेत्रीय संयोजक तथा सचिव र सदस्यहरु।
ख) बर्तमान क्षेत्रिय कार्यसमिति
ग) रासपबाट सिफारिस आवस्यकता अनुसारका ब्यक्तित्व।
हाल एनआरएनए जापानमा बिधमान १४ क्षेत्रिय समितिलाई भेलाको लागि पत्राचार भैसकेको छ, साथै भेलामा सहभागि हुन चाहने क्षेत्रिय समितिका पुर्व संयोजक, पदाधिकारी तथा सदस्यहरु ले आफु रहेको क्षेत्र सहित भेला संयोजक तथा महासचिव बिकास बस्नेतलाई संपर्क गर्नुहुन पनि बिशेष अपिल गरेको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया