सापकोटाले जापानबाट गएर मुसिकोट गुल्मीमा बिशेष धार्मिक कार्यक्रम गर्दै

गुल्मी । जापानको बिभिन्न आपत बिपतमा सहयोग गर्दै आएका बिष्णु प्रसाद सापकोटाले आफ्नो जन्म भुमि नेपालको मुसिकोट नगरपालिका वडा नं ७ वामी टक्सार गुल्मी आएर एक बिशेष धार्मिक कार्यक्रम गर्दै छन्।
श्रीमद्भागवतअ सप्ताह ज्ञान महायज्ञ मिति २०७८ माघ २३ देखी २९ सम्म हुने जनाएको छ ।

बिष्णु प्रसाद सापकोटा जापानका सफल ब्यवसायी मध्ये एक सफल ब्यवसायी हुन् । उनि र उनका परिवार धर्मकर्म र गरिव दुखि: लाई सहयोग गर्ने बिषयमा सधै अगाडिनै देखिन्छन् ।
ज्यो पं श्साम चालिसेको मुखार बिन्दुबाट महाज्ञान कथा प्रवचन हुने छ र भक्तजनको लागि बिशेष स्वागत सहित प्रसाद ग्रहणको लागि बिशेष ब्यवस्थापन गरिएको बताईएको छ।
दैनिक सयौको हाराहारीमा आउने भक्तजन त्यहाको अतिथि सत्कार र बिशेष ब्यवस्थापनबाट निकै खुशि रहेका छन्। आफ्नो सस्कृति र रितिरिवाज लाई बिदेशमै बसेर पनि नबिर्सेका सापकोटा आफु र आफ्नो परिवारको पहिल्यै देखि गर्न खोजिएको यज्ञ यसपल्ट गर्ने अवसर जुटेकोमा परिवार निकै खुशि ब्यक्त गर्छन्। तिमि आंट म पुर्याउछु भन्ने उखान संगै हामिले आंट गरौं भगवानले आज पुरा गरिदिनु भयो भन्ने मा संतुस्ट रहेको परिवार शुत्र बताउछन्।
छरछिमेक, नाता कुटुम्व , ईस्टमित्र लाई निमन्त्रणा पठाईसकिएको तर कुनै कारणवस नपुगेमा पनि यसै अनलाईन मार्फत निमन्त्रणा गर्दछु भन्नु हुन्छ आमा पुतली सापकोटा सुपुत्र ,छोरा बिष्णु प्रसाद
सापकोटा ,कृष्णा प्रसाद सापकोटा वुहारी निम कुमारी सापकोटा र योद्धास्त्रीरी सापकोटा लगाएत सम्पुर्ण सुन्तले परिवार। छरछिमेको सहयोग ले झने हामिमा प्रेरणा मिलेको छ भन्दै सापकेटा खुशि ब्यक्त गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया