स्थानीय तहको चुनाब :अहिलेका जनप्रतिनिधि सबै दोहोरिन चाहन्छन

सुरेश गिरी

प्रदेशमा गएर काम छैन केन्द्रमा मन्त्रि भएन भने खर्च धान्न नै गार्हो छ भन्ने राम्रो सग बुझेका छन् ।जनता विकासको नाममा View Tower मा विश्वास गर्छन भन्ने जानकार छन् । चुनाबमा कहाँ कसलाई पैसा दियो भने टिकेट पाइन्छ भन्ने राम्रो हेक्का राखेका छन् ।

चुनाब खर्च कति लाग्छ भने हिसाब किताबले पैसा को जोहो गरिसकेका छन् । कुन कुन टोलमा कुन गुन्डा कुन सज्जन लाइ कतिमा किन्ने र कसलाई भन्यो भने मान्छ भन्ने कुराको राम्रो आकलन गरेर बसेका छन् ।

पार्टीको केन्द्रिय नेताको नाडी के मा बिकेको छ भन्ने कुराको राम्रो जानकारी राख्छन । केन्द्रिय नेता भन्दा बडी झुट बोल्न सिपालु छन् ।

काम गर्न नसकेको कारण आफु नभई पहिलोपटक भएकोले नियम कानुन हो भनेर लाजै नमानी भन्न सक्छन, मेरो बिचारमा ९०% अहिलेका ले नै टिकट पाउछन र बाकी १०% गुन्डा दलाल ले केन्द्रका नेताको दबाबमा टिकट लग्छन । स्रोत -फेसबुकवालबाट

उनी एनआरएनए जापान रासप का सदस्य पनि हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया