एनआरएनए जापानद्धारा छात्रा मैत्री कार्यक्रम संगै छात्रा स्कूल पठाऔं अभियान शुरु

जापान । एनआरएनए जापानले छात्रा मैत्री कार्यक्रम संगै छात्रा स्कुल पठाऔं अभियान शुरु गरेको छ । केहि समय यता एनआरएनए जापानले दर्जनौ कार्यक्रमहरुलाई महत्वका साथ कार्यन्नय गर्दै जानेक्रममा विपन्न् छात्राहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्न लागेको हो ।

प्रवासमा रहेर पनि मातृभुमिलाई स्मरण गर्दै कृषकसंग एनआरएनए, महिला साक्षर कार्यक्रम ॲन्तरगत पौड शिक्षा, छात्रा मैत्री जस्ता योजनाहरु ल्याएको छ ।

एनआरएनए छात्रा मैत्री कार्यक्रम अनुसार पहिलो चरणमा लमजुङको श्री ज्ञानोदय माबिका १२९ छात्रा बिधार्थीको लागि कापि र कलम प्रोत्साहन स्वरुप हस्तान्तरण गर्ने र देश ब्यापी रुपमा छात्रा स्कुल पठाऔं अभियान प्रारम्भ गर्नेछ । श्री ज्ञानोदय माबिका प्रध्यापक अच्युत घिमिरेका अनुसार केहि दिन भित्र यसको सहज ब्यवस्थापन गरि छात्रा प्रोत्साहन स्वरुपका शैक्षिक सामाग्रीहरु बिधार्थीलाई हस्तान्तरण गरिने जानकारी दिनु भयो ।

बिभिन्न समयमा एनआरएनए जापानले नेपालका स्कुलहरु मार्फत बिधार्थीहरुलाई सहयोग गर्दै आएको अध्यक्ष अनिता गुरुङले बताउनु भयो । हाल उक्त बिधालयमा जम्मा बिधार्थी संख्या २८५ मध्ये १२९ जना छात्रा अघ्यनरत छन् ।
आयोजकले यहि फागुन १ गते अर्थात फेब्रअरी १३ तारिख आईतबार एक कार्यक्रम गरी शै िक्षक हस्तान्तरण गरिने जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया