आगामी निर्वाचनमा रामेछापमा एमालेलाई कसैले पनि हराउन नसक्ने ढुंगेल दाबी

काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य कैलाश ढुंगेलले आगामी निर्वाचनमा रामेछापमा एमालेलाई कसैले पनि हराउन नसक्ने बताएका छन् । उनले रामेछापमा पार्टीलाई थप बलियो बनाउने अभियानमा लाग्ने बताउदै पार्टीलाई विवादरहित ढंगले अगाडि बढाइने बताएका हुन् ।

शनिबार राजधानी काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले जनताकोबीचमा पार्टीले नीति र विचारलाई लिएर जाने बताए ।
ढुंगेलले भने,‘एमाले दुधको दुध पानीको पानी भएर जनताको बीचमा जान्छ ।’ आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दै धेरै राम्रो काम गरेको बताउदै उनले सरकारबाट केही समय बाहिर बसेपछि पुनः पार्टीले बहुमत ल्याएर सरकार बनाउने दावी गरे ।
सरकारमा रहदा गरेको राम्रो काम भनिसाध्यै छैन, रामेछापमा पनि अहिलेसम्म नभएको विकास निर्माणको काम एमाले नेतृत्वको सरकारले गरेको छ, ढुंगेलले उल्लेख गर्नुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: