जनसम्पर्क समिति जापानको बिवाद चरम उत्कर्षमा, विधानको पक्षमा वकालत गर्दै आएकाहरुले गराए ध्यानाकर्षण

जापान । नेपाली काग्रेसको विदेश स्थित संगठन नेपाली जनसम्पर्क समिति जापानको बिबाद थप उत्कर्षमा पुगेको छ । लामो समय देखि संगठन विधि र विधान संम्वत ढंगले चलाईनु पर्ने विषयवस्तु लाई विभिन्न समयमा रचनात्मक ढंगका कार्यक्रमहरु मार्फत आम जापानबासी काग्रेसी माझ आवाज ऊठाऊदै आएको पक्षले छैटौ अधिवेशनका सभापती द्वय लाल बहादुर केसी(रोशन)र दण्डपाणी कँडेल डिपीलाई सम्बोधन गर्दै बोधार्थमा नेका पार्टी सभापती लगाएत पदाधिकारीहरु लाई ध्यानाकर्षण गराएको व्यहोरा सहितको पत्र सार्वजनिक गरेको विषय प्राप्त हुन आएको छ ।

ध्यानाकर्षण पत्रमा छैटौ अधिवेशनको समयमा भएका बिबाद देखि त्यस पश्चात नेका पार्टीका वरिष्ठ नेता देखि केन्द्रिय सदस्यहरु सम्मले विभिन्न समयमा बिबाद समाधानका लागी गरेका प्रयासहरु लाई समेत स्मरण गराईएको प्राप्त हुन आएको छ ।

देशमा बढ्दो बेरोजगारी र आफ्ना सुनौलो भविष्य देखेर प्रवासी भएका नेपाली काग्रेसका शुभचिन्तकहरु लाई जोड्दै ऊनिहरुको भाईचारा र साथीत्व लाई स्थापित गर्दै प्रवासमा रहेका आम नेपालीहरु लाई समेत नेकामा जोड्दै ऊनिहरुले विदेशमा सिकेको ज्ञान,सिप,क्षमता र पुँजी लाई मातृपार्टी मार्फत स्वदेशको समृद्धीमा जोड्ने ऊदेश्यका साथ स्थापना भएको नेपाली जनसम्पर्क समितिमा विभिन्न समयमा पदमा रहेर पदिय मर्यादाको दुरुपयोग गरेकाहरुले संगठनको सामान्य विधि,विधानलाई आत्मासाथ गर्दै काम नगरी दिदाँ यसरी संगठनलाई सुधारको बाटोमा लान संघर्षका रचनात्मक अभियानहरु सन्चालन गर्न बाध्य हुन परेको समेत ध्यानाकर्षण पत्रमा ऊल्लेख गरिएको छ ।

विधानत दुई बर्षिय कार्यकाल रहने नेजसस जापानको बिबाद समाधान गर्न छैटौ अधिवेशनका दुई सभापतीका प्रत्यासी दण्डपाणी कँडेल ९डिपी० र लाल बहादुर केसी ९रोशन० लाई १र१ बर्ष सभापती पदमा रहेर कार्य सम्पादन गर्ने र गराऊने भन्दै सहमतीको लागी ६९र७० जनाको जम्बो केन्द्रिय कार्यसमिति नेका का केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा २०१७ जनवरी २१ तारिखका दिन टोकियोमा “विशेष भेला र घोषणा सभा” गर्दै शुरुवात भएको छैटौ अधिवेशनको कार्यसमितिले २०२२ जनवरी सम्म आई पुग्दा समेत संगठनको अधिवेशन गर्न नसकेको तथ्य समेत पत्रमा खुलाईएको छ।

विभिन्न शक्ती केन्द्रहरुको आड र संरक्षणमा संगठनको विधि र विधान कुल्चदै नेपाली काग्रेसको १४ औ महाधिवेशनको लागी महाधिवेशन प्रतिनिधि छनोट गर्दा समेत आम जापानबासी क्रियाशिल सदस्यहरुको नामावली समेत सार्वजनिक नगरी समयावधी सकिएकै भएपनि कार्यसमितिमा समेत छलफल नगरी २४ घण्टा अगाडि ७ औ अधिवेशनको सुचना सार्वजनिक गरेर कोभिड(१९ को कारण देखाऊदै नेका का अग्रज नेताहरु लाई समेत भ्रममा पारी प्रविधीको चरम दुरुपयोग गर्दै क्रियाशिल सदस्यको फारम भरेकाहरुलाई दस्तुर समेत तिर्नबाट बन्चित गराएर केहि स्वार्थ समुह प्रतिनिधित्व र पैसावालहरु लाई महाधिवेशन प्रतिनिधिको रुपमा पठाएको र सो विषयलाई पटक(पटक पार्टी केन्द्र र ऊच्च तहका नेताहरुमा औपचारिक रुपमा जानकारी गराएपनि पार्टी केन्द्र र केन्द्रिय नेताहरुले महाधिवेशनको समयमा ध्यान नपुर्याई दिएको प्रति पत्र मार्फत दुख व्यक्त गरिएको छ।

आफुहरुले नेपाली जनसम्पर्क समिति जापान भएका गलत,गतिविधी लाई तत्काल सच्याऊन औपचारिकरअनौपचारिक आग्रह गरेपनि हाल सम्म सभापती दाबी गर्दै आएका केसी ले कुनै पनि औपचारिक संवाद,छलफल र निकाशमा केन्द्रित रहेर अगाडि नबढेकाले आफुहरु थप संघर्षका कार्यक्रमहरु लिगेर जापानबासी काग्रेसीहरु माझ जान बाध्य पारिएको र आफुहरु सहमती,सहकार्य र एकता सहितको नेपाली जनसम्पर्क समितीको पक्षमा भएकोले तत्काल आफ्ना ९ बुँदे मागहरुमा केन्द्रित रहेर काम गर्न र गराऊन पत्र मार्फत अनुरोध गरिएको छ ।
विधि र विधान पक्षहरुका ९ बुँदे माग।

फेसबुकबाट तपाइको प्रतिक्रिया