
एनआरएनए जापानले १३ औं क्षेत्रिय समिति गठन संगै १४ औं कार्यसमिति बिस्तार गरेको छ । यामागुचि क्षेत्रीय नयाँ कार्यसमिति अन्तर्गत संयोजकमा धनिश्वर अर्याल, उपसंयोजकमा लिल बहादुर गुरुग र होमनाथ धिमीरे, सचिवमा कमल अर्याल,सहसचिवमा ईन्दिरा पान्डे अर्याल र प्रकाश खरेल, कोषाध्यक्षमा राजन अर्याल, सहकोषाध्यक्षमा मुना अर्याल तथा सदस्यहरुमा चुरामणी खरेल, माधव कडेल र प्रकाश पैयानी रहेका छन् ।
कार्यसमितिले गरेका निर्णयहरु कार्यन्वयन गर्दै १४ औं कार्यसमिति बिस्तार गरिएको एनआरएनए जापानका महासचिव बिकास बस्नेतले जानकारी दिनु भयो । बिगतका कार्यसमितिले बिभिन्न क्षेत्रिय समीति विस्तार गर्ने योजना ल्याएता पनि अझै बिस्तार गर्न नसकिरहेको अवस्थामा नयाँ कार्यसमितिले भने परिषदका निर्णयहरु धमाधम कार्यन्वयन गर्दै गएको छ ।
वालबक्तित्वकला, भाषा कक्षा संचालन, कृषक संग एनआरएनए जापान, क्षेत्रिय समिति बिस्तार, चौथो क्षेत्रिय एतिहासिक भेला,महिला जागरण परियोजना, युवा कार्यक्रम, दक्ष ÷सिप सहितका कार्यक्रम,एक क्षेत्र एक परियोजना , महिला जागरण जस्ता अभियानमा सरोकार सबैलाई एकजुट हुन आग्रह गरिएको छ ।
नवगठित कार्यसमितिका संयोजक धनिस्वर अर्यालले अभियानमा जोडिएर समाजसेवा गर्न अवसर दिनुभएको भन्दै कार्यसमिति प्रति खुशि ब्यक्त गर्नु भयो । यामागुची क्षेत्रमा विपद् परेको खण्डमा एनआरएनए यामागुची क्षेत्रिय समिति संग समन्वय गर्न समेत समितिले हार्दिक अपिल गरेको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया