तमु धीं जापानले जनवरी २ तारिख २७औं ल्होसार साँझ गर्ने

टोकियो । तमु धीं जापानले नयाँ बर्षमा २७औं ल्होसार साँझ गर्ने भएको छ । तमूधीं जापानले यस पटक टोकियोमा विविध सांस्कृतिक कार्यक्रम सहित २०२२ जनवरी २ तारिखमा तमु ल्होसार साँझ २०२२ मनाउन लागेको हो ।

तमु धीं जापानले २ जनवरी २०२२ आईतबारका दिन दिउसो ३ बजेबाट ल्होसार साँझ कामतास्थित चौतारो रेष्टुरेन्टमा आयोजन गर्ने भएको छ । गुरुङ संस्कार र गुरुङ संस्कृतिका विभिन्न झाँकी सहित २७औं तमु ल्होसार मनाउन लागेको कार्यक्रम संयोजक तथा उपाध्यक्ष सोममाया गुरुङले जानकारी दिनुभयो ।

तमु धीं जापानका अध्यक्ष सौगात तमुका अनुसार यस कार्यकालको अन्तिम कार्यक्रम ल्होसार साँस्कृतिक साँझ सम्पन्न गर्न उपाध्यक्ष सोममाया गुरुङको सयोजकत्वमा समिति बनाई तयारी शुरु गरेको र जापानको समय परिस्थिति हेरेर कार्यक्रम गरिने बताउनु भयो ।

जापानमा गुरुङ जातिको संस्कार र संस्कृतिलाई दोश्रो पुस्तासम्म लैजाने अभियान स्वरूप तमु धीं जापानले हरेक बर्ष ल्होसार, रोंधी साँझ जस्ता गुरुङ जातिको मौलिक पर्वहरु निरन्तर मनाउदै आइरहेको र यस वर्ष ल्होसार साँझमा नेपाली गुरुङ जातिको परिकार सहित “स्योकै” वनभोज गर्ने महासचिव चित्र तमुले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया