जापान – कार्यसमितिले गरेका निर्णयहरु धमाधम कार्यन्वय गर्दै एनआरएनए जापानले १३ औं क्षेत्रिय समिति बिस्तार गरेको महासचिव बिकास बस्नेत ले जानकारी दिनु भयो।क्षेत्रिय समिति बिस्तार अभियानमा सम्पुर्ण जापानवासी नेपाली दिदी बहिनी तथा दाजु भाईले सहयोग गर्न एनआरएनए जापानले हार्दिक अपिल गरेको बताउदै आएको छ।
नवगठित कार्यसमितिका संयोजक सन्तोष बस्नेत यस अभियानमा जोडिएर समाजसेवा गर्न अवसर दिनुभएको भन्दै कार्यसमिति प्रति खुशि ब्यक्त गरेका छन् ।फुकुसिमा क्षेत्रमा कुनै आपत बिपत परेमा वा कुनै सहयोग चाहिएमा एनआरएनए फुकुसिमा क्षेत्रिय समिति संग समन्वय गर्न समेत समितिले हार्दिक अपिल गरेको छ।
यो समित् फुकुसिमाको लागि पहिलो समिति हो र सबै फुकुसिमा वासी नेपाली दिदी बहिनी तथा दाजु भाई लाई यस अभियानमा समन्वय गर्दै हातेमालो गर्दै दुख:शुखको सहयात्री बन्ने नव गठित समितिका संयोजक को भनाई रहेको छ। केहि समयको अन्तरालमा बिभिन्न विभागहरु गठन गरी कार्ययोजना सहित आउने उहाले जानकारी गर्नु भयो। नवगठित समितिलाई अध्यक्ष अनिता गुरुङले आफु र परिषदको तर्फ बाट बधाई दिदै सफल कार्यकालको शुभकामना दिनु भयो।
फुकुसिमा कार्यसमिति:
संयोजक- श्री सन्तोश बस्नेत
उपसंयोजक- श्री मनोज बा. गोदार
उपसंयोजक -श्री टंक बा. लोरिन्देन लिम्बु
सचिव -श्री दिक्षित चुडाल
सहसचिव-श्री राहुल सिंङ
सहसचिव-श्री अस्मित मैनाली
कोषाध्यक्ष-श्री तुलसी सपकोटा
सहकोषाध्यक्ष- श्री सिसिर पोखरेल
सदस्यहरु क्रमश:
श्री खुसी राम तामाङग
श्री राम चन्द्र थापा मगर
श्री सृजना दुलाल
श्री राजेश हमाल
श्री सरिता खड्का
फेसबुकबाट तपाइको प्रतिक्रिया