२०२२ जनवरी २३ तारिख आईतवारका दिन प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिमिको बैठकले आफ्ना मातहतका क्षेत्रिय कमिमिहरूको अधिवेशन २०२२ अप्रिल मसान्त सम्पन्न गर्न सर्कुलर गरेको छ। कुन कुन क्षेत्रिय कमिटिको अधिवेसन कसरी गर्ने योजना रहेको छ भन्ने सरोकारवाला लाई हाम्रो प्रश्नमा अहिले आन्तरिक तयारी भैरहेको र केहि समय पछि बृहत रुपमा जानकारी दिने बताउनु भयो।
केहि क्षेत्रिय संयोजक हरु संग यहि बिषयमा समन्वय हुदा आन्तरित सर्कुलर आए पनि अझै क्षेत्रले यस बिषयमा निर्णय गरि नसकेको र समय आए पछि तयारीमा जुट्ने र कुनै क्षेत्रको हकमा भने यहि फ्रेवरीमा अधिवेसन हुने भएका छन्।पछिल्लो समयमा सुरेस केसी को नेतृत्वमा रहेको onf अन्य कुनै पदाधिकारी नरहेता पनि सचिव का रुपमा डा सरोज कडेंल एक सचिवका रुपमा देखिन्छन्।
अव राष्ट्रिय कमिटी कसरी अगाडि बड्छ भन्ने हेर्न बाकी नै छ। निकट भविस्यमा हुने नेपालको निर्वाचन यो कमिटिको लागि अवसर र चुनौती दुवै हुन सक्ने छन्। बिभिन्न समयमा नेपालमा सहयोग गर्दै आएको यस कमिटि जापानमा पनि बिभिन्न बाधा र समस्यालाई चिर्दै केन्द्रको सिद्धान्त र निर्देशन अनुसार परिचालित देखिन्छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया