वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई लाख रुपैयाँ विगोसहित महर्जनविरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ । महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । उनलाई अख्तियारको टोलीले गत भदौ २१ गते दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया