
जापान । जापानले जनवरी २९ तारिख शनिबार आजबाट सुरु हुने गरि ‘सेल्फ-आइसोलेसन’ सात दिनमा बस्ने नियम बनाएको छ । यसअघिको १० दिनको समय घटाएर ‘सेल्फ-आइसोलेसन’ सात दिन मात्र बस्ने नियम बनाएको हो ।
जापानमा प्रवेश गरेको भोलि पल्टबाट दिन गन्ति सुरुहुनेगरी सबै यात्रुको लागि ‘क्वारिन्टिन’ ७ दिन बनाएको स्वास्थ्य मन्त्रालयले शुक्रबार घोषणा गरेको छ ।
जापान सरकारले यसअघि क्वारिन्टिन’ अवधि १४ दिनबाट घटाएर १० दिन गरेको थियो । लामो ‘क्वारिन्टिन’ बस्नु पर्ने उपाय घटाएपछि हालको अवस्थामा यात्रुहरुको यात्रा सहज हुने अपेक्षा गरिएको छ ।
भाइरसको अत्यधिक ‘ट्रान्समिसिबल ओमिक्रोन भेरियन्ट’ तीव्र गतिमा फैलिने क्रम जारी रहेकाले सामाजिक र आर्थिक गतिविधिहरू कायम राख्न कठिन हुने भएकाले नयाँ नीति घोषणा गरिएको हो । जापानको ब्यापारिकहरुले ओमिक्रोनको विशेषतालाई ध्यानमा राखेर यो अवधि थप घटाउन आह्वान गरेका थिए ।
जापानको ‘नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजेस’ले आफ्नो विश्लेषणको आधारमा ओमिक्रोनबाट लक्षणहरू देखा पर्ने जोखिम सातौं दिनमा ५ प्रतिशत र संक्रमितको निकट सम्पर्कमा आएको १० औं दिनमा १ प्रतिशतभन्दा कम हुने बताएको छ ।
जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोभिड १९ संक्रमित कसैको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको लागि क्वारिन्टिन अवधिलाई हालको १० बाट सात दिनमा घटाउने घोषणा गरेका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया