सञ्चारकर्मी पुरुषोत्तम लामिछानेको ‘कस्तो होला’ सार्वजनिक (भिडियोसहित)

जापान । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम लामिछानेको नयाँ गजल कस्तो होला को म्युजिक भिडियो सार्वजनिक भएको छ । जापानमा बसेर संचारकर्ममा रही देश विदेश बिभिन्न समाचारहरू संप्रेषण गर्दै आएका लामिछाने गीत संगीतमा पनि उत्तिकै रुचि राखी गजलहरु लेख्दै आउनु भएको छ ।

प्रिन्स ड्यानियलको निर्देशनमा बनेको भिडियोमा चर्चित कलाकार तथा संचारकर्मी शिशिर भण्डारी, सबिना गहतराज र शयनम अधिकारीको अभिनय छ । गीतमा कोरियोग्राफी शयनम अधिकारीले गरेका छन् भने छाँयांकन र सम्पादन पवन सुस्लिङको छ ।

दिनेश गौतमको स्वरमा रहेको यो गजलमा संगीत पुस्तक प्रसादको छ । संगीत संयोजन एसके बच्चाको रहेको छ । भिडियो दिपश्री क्रियटिभ मिडिया युट्युब च्यानलमा अपलोड गरिएको छ ।

गीतकार लामिछाने अहिले जापानमा छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया