एनआरएनए बालमैत्री वक्तृत्वकला प्रतियोगिता हुने, प्रथम हुनेलाई ४० हजार पुरस्कार

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान अनिता गुरुङ टिमले आफनो कार्यलाई तीव्र बनाएसंगै एनआरएनए बालमैत्री वक्तृत्वकला प्रतियोगिता गने लागेको छ । जापानवासी नेपाली १५ वर्ष भन्दा कम उमेरका बालबालिका भाग लीन पाउने उक्त एनआरएनए बालमैत्री वक्तृत्वकला प्रतियोगिता कोभिड १९ संगै बालबालिकाको चुनौती र सावधानी विषयकमा प्रतियोगिता हुने भएको सो टिमकी प्रवक्ता तथा कार्यक्रम संयोजक सरिता ढकालले जानकारी दिनुभयो ।

एनआरएनए बालमैत्री वक्तृत्वकला प्रतियोगिता
उपाधि :

– एनआरएनए बाल मैत्री प्रथम पुरस्कार ४०,००० येन (निर्णायक मण्डलबाट छानिने)
– एनआरएनए बाल मैत्री पपुलर पुरस्कार २०,००० येन (भिडियो पेजमा लाईकको आधारमा छानिने)
– एनआरएनए बाल मैत्री प्रोत्साहन पुरस्कार २,००० येन
– प्रत्येक सहभागीलाई सान्त्वना पुरस्कार रहने छ ।
नोट :- २०२२-२-१० सम्ममा भिडियो पठाउनु पर्ने र सो भिडियो NRNA JAPAN को पेजबाट राखिने छ र यस कार्यक्रमको घोषणा ०२२-२-२६ तारिख भव्य कार्यक्रमको बीच गरिने छ ।
आयोजक
गैरआवासीय नेपाली संघ(NRNA) जापान परिवार

फेसबुकबाट तपाइको प्रतिक्रिया