काठमाडौं । ल्होछारको पूर्व सन्ध्यामा ल्होछार सम्बन्धी गीतहरु धमाधम सार्वजनिक भईरहेका छन् । यसैबिचमा रोशन फ्युवा र लक्ष्मि तामाङको आवाजमा सजिएको म्हेन्दोमाया भाकामा ल्होछार गीत चाईना जुत्ता सार्वजनिक भएको छ ।
रोशन फ्युवाकै शब्द संगीत रहेको गीतलाई फ्युवा आफैले निर्देशन गरेका छन् । आरम्भ तामाङ,अस्मिता तामाङ, रोशनी तामाङको अभिनय रहेको उक्त भिडियोमा तामाङहरुको मौलिक नाचहरुलाई समाबेश गरिएको देखिन्छ । तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको शब्द श्रृङ्गारलाई भिडियोमा उत्तिकै मिठास गरिएको छ ।
लम्जुङको पर्यटकिय गाउँ छिन्खोलामा छायांकन गरिएको भिडियोमा ल्होछार मानाउने, पाहुनाको सत्कार गर्ने र नाचगान गर्दै रमाईलो गर्ने सन्दर्भलाई देखाईएको छ । यसअघि सार्वजनिक भएको गीतहरु भन्दा यस गीतमा मौलिक परम्परालाई प्राथमिकता दिइएको तथा अलि पृथक रहेकाले पनि स्रोताले धेरै मन पराउनेमा आफू विश्वस्त रहेको फ्युवा बताउँछन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया