फरक प्रसँग : चन्द्र कुमारी दिदिहरु र राज्य ब्यबस्थाको नजर

चन्द्र कुमारी तामाङ् । हो, उहाँको नाम चन्द्रकुमारी तामाङ्, सिन्धुपाल्चोक को पेत्कु गाबिस उहाँको थात थलो । बाफरे बाफ सिन्धु पाल्चोक ? यानेकी कुनै बेला आफ्नै छोरीचेली बेच्ने जिल्ला ? यो ईतिहास अब ईतिहास मात्र हो । अबको सिन्धुपाल्चोकले कान्चुली फेरेको छ । चन्द्र कुमारी दिदीहरु घर घरमा महिला जागरन अभियान, महिला सश्किकरनका लागि दिन रात खबर्दारी गरी रहनु हुन्छ ।
गामघर अहिले महिलामय बनेको छ । बिगतमा छोरीचेली बम्बै तिर बेचिनेका रुपमा बदनाम सिन्धुपाल्चोक मध्यकालिन समयमा जांड पानीका कारण अनाहकमा महिलाले दिन
रात कुताइ खानु पर्ने भएशी चन्द्र चन्द्रकुमारी दिदीहरु लगायतका महिला टोलीले घर घर बाट जांड का घैँटा फुटाले , डबका फाले र जद्याहा श्रीमानहरु बिरुद्द राज्यब्यबस्थाका सामु उजुरी हाले । ऐले घरतेलु हिन्सा छैन भन्दा हुन्छ । जात – भुगोलमा बिभेद छैन, गामघरतिर शान्ति छ । सद्भाव र मेलमिलापको नमुना यो गामघर तिर आज भन्दा चार बर्ष अगाडि आफ्नै स्वेइच्छामा अनुसन्धान गर्न पुगेथे ।

अनुसन्धान त भुकम्पका कारण नस्ट भएका कृषिजन्य भौतिक सम्रचना त्यहाको जनजिबन र पत्रकारिताको कारण पुनर्निर्मार्ण भएको “केश स्टडी”का लागि थियो । जब गामघर छिरे स्वर्गानुभुति गरे । सामाजिक पारिचालिका महासया चन्द्रमा भंडारीजि ले बस स्टपसम्म आउन नसक्ने तर आधा बाटो आउँदै गर्नुस् भन्नु भो । बाटो सुन्सान, जङल छिचोल्दै एक्लै हिड्दाको एडभेँचर म राजधानी वाशीलाई साह्रै रमाइलो । जे होस् थोरै डर, थोरै रमाइलोसँग आधा बाटो पुगियो । काँक्राको तरकारी पनि खानहुदो रैछ भन्ने ज्ञान यो जिब्रो ले पायो जब सामाजिक परिचालिका चन्द्रमा जिले छिमेक घरमा खाना खुवाउन लगिन ।
खुब मिठो मानेर खाइयो, काँक्राको तरकारी, भात र मोही सँग थपी थपी । दिनभर अनुसन्धानको पाटोमा केन्द्रित भएर गामघर डुलियो । एक अन्तर राष्ट्रिय गैर सरकारी निकाय र नेपाल सरकारको पहल्मा गामघरको कृषिजन्य हरियाली अझ राम्रो बनेछ । आहा भने । उत्पादन येस्तो, फलेर खान नसकिने । त्यसमा स्थानीय चन्द्र कुमारी दिदीहरुको मेहनत पनि कम थिएन । सब महिलाहरु एकसे एक । सानो बचत् गर्दा रैछन्, रिन दिने, लिने ब्याजमा पैसा चलाउने । बचत्का पैसा पालै पालो लिएर बाख्रा किन्ने, मल किन्ने गर्दा रैछन् । दिनको २० रुपैया अनिवार्य बकचत कोशमा गर्नु पर्ने, कसैका पचास् । पढाई लेखाइ सुन्य । नाम सम्म लेख्न जान्ने अनी क्यालकुलेटर मज्जाले चलाऊने आफ्नो हिसाब राख्न । त्यो पनि एउटा गैर सरकारी संस्थाले सिकाइ देको रे ।
चन्द्र कूमारी दिदीहरुको योगदान हाम्रो समाज र राष्ट्रको लागि अमुल्य, महिला हिंसा मुक्त समाजको लागि ठुलो माने राख्छ । गामघरतिर महिला बेच्न लाँदै छ भनेर सुइंको पाउने बित्तिक्कै तत्काल समातेर कार्वाहीको दाएरामा ल्याउन राज्य ब्यबस्थालाई सघाउने मात्र होइन, महिलाबिच जागरन ल्याउन साना नानीहरु भएका महिलाहरुलाई आँफैले नानी हेरी दियर काममा जान सघाउने चन्द्र कूमारी दिदीहरुको योगदानलाई राज्य ब्यबस्था र हामी सचेत नागरिकहरुले सलाम भन्ने मात्र होइन, राष्ट्रको सर्बाङिन बिकासका लागि महिला बिकास-महिला बिकासका लागि महिला हिन्सा मुक्त समाजको परिकल्पना साकारमा होस्तेमा हैंसे गरे बापत राज्य सम्यन्त्रले प्रदान गर्ने सम्मान पुरस्कारका समेत् भागीदारी बनाइनु पर्छ मेरो मान्यता र चन्द्र कूमारी दिदीहरुको मानब अधिकार हो भन्छु ।
रमाइलो प्रसँग एक पटक महिला मन्त्रालयमा पत्रकारिता क्षेत्रका महिलालाई सम्मान पुरस्कार दिलाउने समितीमा मेरो पनि राय सुझाब राख्ने अबसर गठित समितीमा दिइयो । महिला पत्रकार सँगसंगै जिल्ला बाहिर चन्द्र कुमारी दिदीहरुको पनि योगदानको कदर हुनु पर्छ भनेर उहाको थोरै परिचय शहित योगदान बारे सिफारिस गरें । तर यो पटक भयो, आर्को पटक गरौंला भनेर कुरा त्यतिकै टारियो । आर्को पल्ट म त्यो समितीमा परिन, सिफारिस पनि गर्नु परेन । तर चन्द्र कूमारी दिदीहरु सधैं ओझेलीमा पर्ने श्र्स्टा हरु हुन, अचम्म मान्नु पर्दैन पनि । भनिन्छ, राज्य जहाँ पुग्न सक्दैन पत्रकारिता पुग्छ ।

देशलाई पढ्न बुझ्न देशाटन गर्नु पर्छ । रिपोर्टिङका क्रममा पेट्कु पुग्नु भएका भक्त थापा दाई (गोरखापत्र राष्ट्रिय दैनिक ) ले भुकम्पका कारण ध्वस्त भएको घर, कृषि जन्य भौतिक सम्रचनाबारे मन्त्रालय् स्तरमा ब्रिफिङ गरी दिनु भएकै कारण पेट्कु गाबिस छिट्टै हराभरा बन्यो र दाइकै सिफारिसमा मलाई सामाजिक परिचालिका श्री चन्द्रमा भंडारीजिले मेजबानी र मेरो अनुसन्धानमा भरपुर सहयोग गर्नु भो ।
आगामी दिन, राज्य ब्यबस्थाको नजर चन्द्र कूमारी दिदी र चन्द्रमा भंडारी कार्की हरुमाथि पनि परोस । जुन महिला स्वयम सेवीहरुले दिन- रात, घाम पानी, चिसो नभनी महिला हिन्सा मुक्त समाजका लागि सहस्त्राब्दि बिकास लछ्य युग को परिकल्पना साकार पार्न एकएक इँटा थप् गर्दै हुनुहुन्छ ।

फरक प्रसँग फरक बिचार यति मै टुङ्याए ।
संयोजन : मिरा राजभण्डारी ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d