जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान अनिता गुरुङ टिमले आफनो कार्यलाई तीव्र बनाएको छ ।
जनवरी २१ तारिख आज शुक्रवार बसेको एनआरअनए जापानको बैठक परिषदकी अध्यक्ष अनिता गुरुङको अध्यक्षता,परिषदका महासचिव विकास बस्नेतले सहजीकरण गर्नु भएको बैठकमा देहाय बमोजिम विषयमा छलफल सहित निर्णय गरेको प्रवक्ता सरिता ढकालले जानकारी दिनुभयो ।
यस्तो छ निर्णयहरु :-
प्रस्ताव नं १ अनुसार मनोनित सदस्य तथा पदाधिकारीहरबुलाई परिषदकी अध्यक्ष श्री अनिता गुरुङले सपथ ग्रहण गराउनु भयो।साथै उहाँहरूलाई बधाई एवं सत्यको पक्षमा वकालत गर्दै जापानवासी नेपालीसँग समन्वय गर्दै अगाडि बढ्न सबैले बैठक मार्फत शुभकामना दिनुभयो ।
प्रस्ताव नं २ अनुसार सम्पूर्ण उपस्थित महानुभावहरूले आ-आफ्नो परिचय दिँदै परिषदमा रही ईमान्दार पूर्वक आ-आफ्नो जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो।
प्रस्ताव नं ३ माथि छलफल हुँदा महिला संयोजकको नेतृत्वमा हाल ५१ सदस्यीय महिला फोरम गठन गर्ने निर्णयसँगै तत्काल महिलावर्गलाई सम्बाेधन गर्दै महिला जागरण मुखी कार्यक्रम महिला संयोजकको प्रस्तावमा कार्यक्रम गर्ने निर्णय गरियो ।
प्रस्ताव नं ४ माथि छलफल हुँदा युवा संयोजकको नेतृत्वमा १०१ युवा फोरम गठन गर्नेसँगै युवाहरुलाई सम्बाेधन गर्दै संयोजकको प्रस्तावमा कार्यक्रम गर्ने निर्णय गरियो, १०१ युवा फोरम गठनका लागि ५ सदस्यीय कमिटि जसमा सचिव श्री विमान सिंह मोक्तान साथै सदस्य श्री मनीष मगर ,श्री नरेश राई र श्री सुरेश सापकोटा समेत रहनु हुनेछ ।
प्रस्ताव नं ५ माथि छलफल हुँदा महिला संयोजकको संयोजकत्वमा एनआरएनए बालमैत्री वक्तित्वकला कार्यक्रम तपसिल अनुसार गर्ने निर्णय गरियो :-
क) सहभागि:-१५वर्ष भन्दामुनि उमेरका बालबालिका।
ख) उपाधि-
१.NRN बाल मैत्री उपाधी¥४०,०००(निर्णायक मण्डलबाट छानिने)
२.NRN बाल मैत्री मल्टिमिडिया उपाधी¥२०,०००(सहभागीको भिडियो पेज लाईकको आधारमा छानिने)
३.NRN बाल मैत्री प्रोत्साहन उपाधी -प्रत्येक सहभागीलाई सान्त्वना पुरस्कार रहने ,
घ) विषय:-“NRNA बालमैत्री वक्तित्वकला”कोभिडसँगै बालबालिकाको चुनौति र सावाधानी विषयक ।
ङ)मिति २०२२-२-१० सम्ममा भिडियो पठाउनु पर्ने र सो भिडियो एनआरएनए पेजबाट राखिने छ।
च)निर्णायक मण्डल:-डा.बलराम श्रेष्ठको संयोजकत्वमा निर्णायक मण्डल रहने छ
नोट:- अन्य थप जानकारीका लागि सूचना प्रकाशन गरिने छ ।
प्रस्ताव नं ६ उपर छलफल हुदा क्रमश:
क) संरक्षक:-
नेपाली राजदूतावासका महामहिम राजदूत प्रमुख संरक्षक रहने गरी परिषदको विधान अनुसार संरक्षक परिषद रहने छ ।
ख)सल्लाहाकार:-
१९/२१ मा रहनुहुने सल्लाहकारसँगै राजनीतिक भातृसंगठनका प्रमुख, पत्रकार महासंघ का प्रमुख,जनजाति महासंघका प्रमुखसँगै १९/२१ सम्म कार्यसमितिमा पदाधिकारी रही कार्यकाल पूरा गर्नु हुने महानुभाव स्वत: सल्लाहकार रहनु हुने व्यवस्था गरियो।
# जापान स्थित विद्यावारिधी ग्रहण गर्नु हुने नेपाली विज्ञहरू र विभिन्न क्षेत्रमा नेपाल सरकार तथा जापान सरकारले सम्मान गरेका नेपाली व्यक्तित्वलाई विज्ञ सल्लाहकार चयन गरिने छ।
ग)मानार्थ परिषद सदस्य:-
१९/२१ मा रहनु हुने मानार्थ परिषद सदस्यसँगै जापान स्थित संघ संस्थाका अध्यक्ष स्वत: मानार्थ परिषद सदस्य रहने साथै क्षेत्रिय कमिटिका पूर्व संयोजकहरू संवत्: परिषद सदस्य रहने व्यवस्था गरियो।
घ)सम्मानित मानार्थ परिषद:-
संस्था स्थापनादेखि १९/२१ सम्म आईसीसी महाधिवेसन प्रतिनिधि चयन हुनु भएका सम्पूर्ण महानुभावहरू सम्मानित मानार्थ परिषद सदस्य रहने व्यवस्था गरियो।
क)प्रस्ताव नं ७ माथि छलफल हुँदा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसँगै यसबाट पर्ने असर/ प्रभावलाई सहजीकरण गर्दै आवश्यक सहयोगका लागि क्षेत्रिय समिति र कार्यसमिति सक्रिय रहने ।
ख)भावी योजना तथा कार्यक्रम :-
१.अनलाईन जापानीज भाषा कक्षा सञ्चालन गर्ने,
२.विद्यार्थीका लागि सेमीनार गर्ने,
३.यहीँ महिनाभित्र NRN महिला मैत्री कार्यक्रम आयोजना गर्ने,
४.यहीँ महिनामा NRN जनजागरण मैत्री कार्यक्रम आयोजना गरिने ,
५. NRN Skill ( दक्ष ) मैत्री कार्यक्रम अन्तर्गत कुक पेशा सम्बन्धित कार्यक्रम नेपाली व्यवसायी संघसँग समन्वय गर्दै गरिने
फेसबुकबाट तपाइको प्रतिक्रिया