गैरआवासीय नेपाली संघ जापानको विवाद मिलाउने जिम्मा भबन भट्टलाई

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको विवाद मिलाउनको लागि भबन भट्टलाई जिम्मा दिएको छ ।

गत एनआरएनए आइसिसिको ८१ औं बैठकद्वारा जापानको बिषयमा विवाद मिलाउनको लागि संघका पूर्वअध्यक्ष भबन भट्टलाई जिम्मेवारी दिएको हो ।
सो बैठकले एनआरएनए आइसीसी डेलिगेट मिलाउनको लागि ४ बुँदे शर्त बनाएर बिबादित समस्या समाधान गर्न एनआरएनए आइसीसीको पूर्व अध्यक्षहरु सम्मिलित ७ सदस्सीय समिति गठन गरेको थियो ।

एनआरएनए आइसीसीले बिवाद मिलाउनको लागि यस्ता छन शर्त :-

१. संघको दशौँ महाधिवेशन तथा आइसीसी निर्वाचन सम्बन्धी सबै समस्याहरुको विधान सम्मत निस्पक्ष ढंगले समाधान गर्ने ।
२. २८ फेब्रुअरी २०२२ सम्ममा संघको दशौँ महाधिवेशन तथा निस्पक्ष चुनाव सम्पन्न गर्न समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावली अन्तर्गत रहेर २६ जनवरी २०२२ सम्म अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने ।
३. समितिले आवश्यक ठानेमा माथि उल्लेखित कामहरु सफलतापूर्वक गर्नको लागि कानूनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्ने छ।
४. संघका कार्यकारी निर्देशक तथा एनआरएनए सचिवालयले उक्त समितिलाई सघाउने छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया