जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को सह-कोषाध्यक्ष पदका लागि एसिया प्यासिफिक क्षेत्रीय संयोजक रोबिन्दप्रसाद श्रेष्ठ गोबिन्दले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एसिया प्यासिफिक संयोजक भएर कुशलताका साथ जिम्मेवारी निभाएका जापान सफल ब्यवसायी श्रेष्ठले आगामी कार्यकाल २०२१–०२३ का लागि सहकोषाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।
जापानलाई कर्मथलो बनाएका श्रेष्ठले व्यवसायिक तथा सामाजिक जीवनलाई सफल बनाउदै एनआरएनए अभियानमा लामो समयदेखि लागेर प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह र निरन्तर एनआरएन अभियानमा लाग्ने चाहना अनुसार सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको श्रेष्ठले बताउनु भयो ।
एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाइसकेका श्रेष्ठले एनआरएनए अभियानमा फड्को नमारी क्रमिकरुपमा अगाडि बढ्न आइसीसी सहकोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
आर्थिक अनुशासन, पारदर्शिता र नियमित श्रोत विकासको लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ । एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आर्थिक पारदर्शिता एनआरएनएको पहिलो प्राथमिकता रहेको बताउँछन् ।
श्रेष्ठले संस्थाको आर्थिक पाटो पारदर्शी हुनु पर्नेमा जोड दिदै संघको कोषाध्यक्षसँग मिलेर सफल कार्यकाल र शशक्त आर्थिक पाटो बनाउनका लागि नै सहकोषाध्यक्षको लागि उम्मेदवार हुने निर्णय गरेको बताएका छन् ।
फेसबुकबाट तपाइको प्रतिक्रिया