एनआरएनए जापानको क्षेत्रीय भेला जनवरी ३० तारिख चिवामा हुने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानले जापानका बिभिन्न क्षेत्रहरूलाई समावेश गरी क्षेत्रिय भेला गर्ने भएको छ ।

आउँदो जनवरी ३० तारिख जापानको चिवा केनको एक होटेलमा आयोजना हुन गैरहेको उक्त भेलामा क्षेत्रिय कार्यसमितिहरुले २०२१-०२३ कार्यकालमा गरेको र बाँकी कामहरूको समीक्षा गर्ने उद्देश्यले क्षेत्रिय भेला गर्न लागिएको संघका उपाध्यक्ष तथा क्षेत्रिय समन्वय समितिका संयोजक समेत रहेका उपाध्यक्ष राम कृष्ण श्रेष्ठले जानकारी गराउनु भयो ।

संघको यो कार्यसमितिको यो पहिलो क्षेत्रीय कार्यसमितिहरूसंग संयुक्त कार्यक्रम हो । आन्तरिक बिबादका बिच ढीला गरी कार्यसमितिको प्रवक्ता लगायत केन्द्रीय सदस्यहरू मनोनीत गरी कार्यसमितिले पूर्णता पायसंगै उक्त कार्यक्रम आयोजनाको गरिएको हो ।

उक्त क्षेत्रीय भेलाले केन्द्र र क्षेत्र बिचको दूरीलाई नजिक बनाउने र संघ भित्र भए गरेका कामहरूको समीक्षा समेत हुने भएकोले यो महत्वपूर्ण रहेको उपाध्यक्ष श्रेष्ठले बताउनु भयो । संघ राष्ट्रिय समन्वय समिति जापानको आयोजनामा हुन गैई रहेको क्षेत्रिय भेला जापानको चिवा क्षेत्रको इचिकावा ग्रान्ड होटेलमा आयोजना हुन लागेको हो ।

उक्त भेलाले केन्द्र देखि क्षेत्रसम्मको संघको आर्थिक गतिविधि, भाबी रणनीति, संघको योजना तय गरिने जनाएको छ । उक्त कार्यक्रम चिवाको ईचिकावा ग्रान्ड होटेलमा हुने भएकोले सहभागी क्षेत्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले समयमा नै सहभागीहरूको संख्या र नामावली क्षेत्रिय समन्वय समिति संयोजक तथा उपाध्यक्ष राम कृष्ण श्रेष्ठ, उपाध्यक्ष राजकुमार अधिकारी र सह-कोषाध्यक्ष दीपक सुनारलाई सम्पर्क गर्न हुन समेत अनुरोध गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया