सेभेन सामुराईले नेपाली चलचित्र ‘बलिदान’ जापानभर प्रदर्शन गर्दै

प्रदिप घिमिरे, जापान । सन्तोष सेनद्धारा निर्देशित बहुचर्चित नेपाली चलचित्र ‘बलिदान’ जापानभर प्रदर्शन हुने भएको छ । नेपालमा आगामी दसैंको फूलपातीमा रिलिज हुने चलचित्र ‘बलिदान’ को जापानमा आगामी सेप्टेम्बर अन्तिमबाट प्रदर्शनींमा आउने सेभेन सामुराई ईन्टरनेशनल कम्पनी संचालक तथा प्रबन्धक रेशम कुमार डंगोलले जानकारी दिनु भयो ।
यस चलचित्रको सेभेन सामुराईले जापानको अफिसियल विक्रेताको राईट पाएको छ । चलचित्र ‘बलिदान’ को जापानको ३ दर्जन शहरमा शो गर्ने योजना रहेको सेभेन सामुराई कम्पनीले जनाएको छ ।
समीर भट्ट को एक्सन अवतारमा यस फिल्म एक्सनप्रधान फिल्म बनेको छ । निर्देशक सेन आफूले अहिलेसम्म सबैभन्दा धेरै मेहनत गरेको फिल्म बलिदान भएको बताउँछन् ।
फिल्ममा दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टोलीले अत्याधुनिक प्रविधिबाट एक्सन दृश्य खिचेको छ । यस फिल्मको क्लाइमेक्स दृश्यका लागि बुढासुब्बा मैदानमा ४२ फिट अग्लो कालीमाताको भव्य मूर्ति निर्माणसमेत गरिएको थियो ।

फिल्ममा समीरसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । सेभेन सामुराई ईन्टरनेशनल कम्पनीले जापानको आफनो शहरमा प्रदर्शनींको लागि अन्रोध गरेको छ ।
नेपाली चलचित्र बलिदान 🔥
#contact_for_your_city
株式会社 セブン侍インターナショナル
#Seven_Samurai_Co_Japan
☎️08051574224
☎️054-251-7740

फेसबुकबाट तपाइको प्रतिक्रिया