जापान । जापानको टोकियोमा विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) जापान शाखाको दोश्रो अधिवेशन संस्थाका अध्यक्ष देवी बहादुर ईङ्नामको अध्यक्षता, नेपाली राजदुतावास जापानका कार्यवाहक राजदुत अम्बिका प्रसाद जोशीको प्रमुख आतिथ्यता, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको बिशिष्ट आतिथ्यतामा जनवरी ९ तारीख सम्पन्न भएको छ ।
अधिवेशनले देवी बहादुर ईङनामको अध्यक्षतामा नयाँ समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष लोकनाथ अधिकारी, बिमन किराती, महासचिव रविन्द्र दिखुक्पा, सचिव गंगा गगन, सहसचिव सयपत्री थुलुङ, आर्थिक सचिव शिवराज राई, आर्थिक सहसचिव अशोक कार्कीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरूमा विजय स्याङबो, दिलीप राई, दिप मुस्कान राई, शंकरहरी राई, रामचन्द्र न्यौपाने, प्रमिला राई, सुजन खनाल, सम्झना चाम्लिङ राई, प्रविन लामा, राजन घले, उमेश तिमल्सिना रहेका छन् ।
संस्थाका अध्यक्ष देवीबहादुर इङ्नामको अध्यक्षता, नेपाली राजदुतावास जापानका कार्यवाहक राजदुत अम्बिकाप्रसाद जोशीको प्रमुख आतिथ्यता, विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथिले आफ्नो मन्तब्यमा कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्दै जापानमा रहेका नेपालीहरूलाई कोभिड माहामारीमा जापान सरकारले जारी गरेको मापदण्ड पालना गर्न समेत आग्रह गरेको थियो ।
कार्यक्रम सफलताको शुभकामना दिदै बिशिष्ट अतिथि विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले साहित्यिको विकासमा सबै साहित्यिक ससंथाहरू सहकार्य गर्नुपर्ने भन्दै रचना पनि बाचन गरेका थिए । विनेसाम केन्द्रीय महासचिव सुनिता राई कन्दङ्वा र सहसचिव भुवन रोकाले पनि शुभकामना मन्तव्य राख्दै रचना वाचन गरेका थिए ।
विशेष अतिथि एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, आदिवासी जनजाती महासङ्घ जापानका अध्यक्ष सन्जिब राई, पत्रकार महासङ्घ जापानका अध्यक्ष मोहन घलेले आतिथ्यता ग्रहण गर्दै रचनासहित शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । साथै अनेसास जापानका अध्यक्ष रविन शर्मा, साहित्य चौतारी नेपाल जापान शाखाका उपाध्यक्ष अमर देव बास्तोला, प्रवासी नेपाली मञ्च जापानका अध्यक्ष सुरेश केसी, सेवारो निप्पोन जापानका कोषाध्यक्ष लाखध्वज मादेम्बा, नेपाली समाज जापानका उपाध्यक्ष शिशिर निङ्लेखु, तामाङ्ग समाज जापानका उपाध्यक्ष अनु थोकर, नेपाल मगर सङ्घ जापानका सह–कोषाध्यक्ष सबिन बाबु मगर, अर्घाखाची समाजका अध्यक्ष दिपक थापा, जनप्रगतिशिल मञ्चका उपमहासचिव दावा शेर्पा, एसियन अलाईन टेलिभिजनका सजिना मोक्तान, अनेसास बिओटी सदस्य गृष्मा पौडेल, लगाएत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तब्यको साथ रचना वाचन गर्दै सम्पन्न भएको कार्यक्रममा अनेसास जापानका निर्तमान अध्यक्ष गिरिजा गैरे, सजिना मोक्तान, सयपत्री थुलुङ, बिमन किराती, दिप मुस्कान, प्रमिला राई, सुजन खनाल, राजन घले, प्रविन लामा, दिलिप राई, सम्झना राई, लगाएत अन्य साहित्यकारहरूले आफ्नो रचना वाचन गरेका थिए ।
विनेसाम जापान शाखाका महासचिव रविन्द्र दिखुक्पाले सञ्चालन गरेको कार्यक्रममा सचिव बिमन किरातीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । सभापतिले खुल्ला सत्रको कार्यक्रम समापनसँगै तत्कालीन कार्यसमितिको बिघटन गरेर निर्वाचन संयोजक केन्द्रीय समिति सहसचिव तथा सल्लाहकार भुवन रोकालाई जिम्मेवारी दिएर कार्यक्रमका सभापतिले औपचारिक कार्यक्रम समापन गरेका थिए ।
विनेसाम केन्द्रका सहसचिव भुवन रोकाले अधिवेशन निर्वाचन मण्डलको प्रतिनिधित्व गर्दै सर्वसम्मत नयाँ कार्यसमितिको घोषणा गरेर नव निर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।
फेसबुकबाट तपाइको प्रतिक्रिया