
प्रवासी नेपाली मञ्च जापानले निम्न मिति समय र स्थानमा नेकपा(एमाले) का श्रद्धेय महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुल्ला अन्तरक्रिया कार्यक्रम आयोजना गर्न गईरहेकोले जापानवासी नेपाली महानुभावहरूलाई गरिमामय उपस्थितका लागी हार्दिक निमन्त्रणा गरेको छ।
प्रवासी नेपाली मञ्च जापानको ईतिहासमा पहिलो पटक मञ्चले यस खालको प्रशिक्षण कार्यक्रमको आयोजना गर्न गईरहेको छ ।यस कार्यक्रमबाट अधिकतम लाभ लिनको लागी मञ्च सम्वद्व राष्ट्रिय कमिटी, क्षेत्रिय कमिटिका मित्रहरू ,सल्लाहकार ज्यूहरू , र सदस्य मित्रहरूलाई बिशेष अनुरोध गरेको छ।
कार्यक्रमको ढाचा यस्तो रहने छः-
१ फेवरवरी २०२५ नागोयामा
आन्तरिक प्रशिक्षण
समय : बिहान ११ बजे देखी
सहभागी प्रशिक्षार्थी : जापानबाट प्रतिनिधित्व गर्नु हुने अन्तर्राष्ट्रीय कमिटीका सदस्य ,पुर्वी एशिया महादेशीय संयोजक,सदस्यहरू ,राष्ट्रिय कमिटीका मित्रहरू सल्लाहकार ज्यूहरू, विभागिय जिम्वेवारीमा रहनु भएका मित्रहरू,चुवु क्षेत्रिय कमिटी नागोया ,कान्साई क्षेत्रीय कमिटी ओसाका,क्यूस्यू क्षेत्रिय कमिटी फुकुओका कामित्रहरू ,तिन वटै क्षेत्रिय कमिटिका सल्लाहकार ज्यूहरू विभागीय जिम्वेवारीमा रहनु भएका मित्रहरू र तिन वटै क्षेत्रिय कमिटी मातहतमा रहनु भएका मञ्चका सदस्य मित्रहरू !
२ फेवरवरी २०२५ टोकियोमा(केईक्यू कामता)
आन्तरिक प्रशिक्षण :बिहान १० बजे देखी
सहभागी प्रशिक्षार्थी : जापानबाट प्रतिनिधित्व गर्नु हुने अन्तर्राष्ट्रीय कमिटीका सदस्य ,पुर्वी एशिया महादेशीय संयोजक,सदस्यहरू , राष्ट्रिय कमिटीका मित्रहरू सल्लाहकार ज्यूहरू, विभागिय जिम्वेवारीमा रहनु भएका मित्रहरू कान्तो क्षेत्रिय कमिटि,गुन्मा क्षेत्रिय कमिटी,तोहोकु क्षेत्रिय कमिटी सेन्दाईका मित्रहरू, तिन वटै क्षेत्रिय कमिटिका सल्लाहकार ज्यूहरू विभागीय जिम्वेवारीमा रहनु भएका मित्रहरू र तिन वटै क्षेत्रिय कमिटी मातहतमा रहनु भएका मञ्चका सदस्य मित्रहरू!
खुल्ला अन्तरक्रिया
२ फेवरवरी २०२५
समय :साझ ४ बजे देखी
स्थान :टोकियो (केईक्यू कामता)
सहभागीता : जापानमा क्रियाशिल स्थानिय संघसंस्थाहरू र नेपाली महानुभावहरू!
फेवरवरी ९ तारिख ओकिनावा
प्रमुख अतिथि डा.सूर्य प्रसाद पाठक
प्रशिक्षण समय: दिउस १ बजे देखी ५ बजे सम्म
प्रशिक्षार्थी सहभागिता: ओकिनावा क्षेत्रीय कमिटिका मित्रहरू, सल्लाहकार ज्यूहरू , बिभागीय जिम्वेवारीमा रहनु भएका मित्रहरू ,मञ्च सम्वद्व सदस्य मित्रहरू
खुल्ला अन्तरक्रिया कार्यक्रम साझ ५.३० बजे देखी
सहभागिता: स्थानीय संघ संस्था, ओकिनावा निवासी नेपाली महानुभावहरू !
थप जानकारीका लागी उपलब्ध पोष्टरबाट लिनुहुन हार्दिक अनुरोध गरेको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटी सदस्य तथा जापान
ईन्चार्ज सुरेश केसी ले जानकारी दिनुभयो।
फेसबुकबाट तपाइको प्रतिक्रिया