एनआरएनए जापानको क्षेत्रीय भेला यसरी प्रारम्भ भयो: बुद्धिराज घिमिरे(पूर्वमहासचिव)

बुद्धिराज घिमिरे । NRNA NCC मातहतका क्षेत्रिय समितिहरुको भेला (क्षेत्रीय भेला)कसरी प्रारंम्भ भयो? साथमा बिधान का केहि बुदा सहितःबुद्धि राज घिमिरे(पुर्व महासचिव)

गैरआवसिय नेपाली सघ राष्ट्रिय समन्वय समिति जापानका मातहतका क्षेत्रिय कमिटि अवस्था अनुसार क्षेत्र बिस्तार गर्ने अभियान बिभिन्न कार्यकालमा हुने गर्छन् र हुदै आएका छन्।तत्काललिन समय बिभिन्न क्षेत्रिय समिति मध्ये कान्तो पनि एक क्षेत्रिय समिति हो।

२०११ /१३ मा कान्तो कमिटिको सचिवमा सर्वसम्मत भएका बुद्धि राज घिमिरेले क्षेत्रिय समितिमा रहेर सचिवको काम , कर्तव्य अधिकार संगै बिधानले दिएका अधिकार सम्मत काम गर्दै गए। क्षेत्रमा सचिव रहदा खासै अन्य क्षेत्र संग समन्वय गर्ने माध्यम र गरेर पनि कुनै योजना नरहेका कारण त्यति समन्वयात्मक कार्य हुन सकेनन भन्ने उनको भनाई थियो।कान्तो कमिटिमा रहदा तिज फेस्टिवल, राहतकोष जस्ता नया अवधारणा ल्याईएको उनि बताउछन् ।२०१५ /१७ मा राष्ट्रिय समन्वय परिषदको सचिवमा निर्वाचित भए संगै पहिला क्षेत्रमा रहदाको अनुभव र राष्ट्रिय कमिटिले क्षेत्रलाई केहि भुमिका दिएको खण्डमा ,साथै समन्वय गरि कार्य गरेको अवस्थामा क्षेत्र संगको सम्वन्ध र समन्वय अझै प्रभावकारी हुने उदेश्यले तत्कालिन अध्यक्ष सुदन थापा संग क्षेत्र संग राष्ट्रिय परिषदको अहिले सम्मको समन्वय र भुमिका अपुग भएको र अझै प्रभावकारी गर्दै क्षेत्रिय समितिलाई भुमिका सहित अख्तियार बिकेद्रिकरण गर्न प्रस्तावको रुपमा क्षेत्रिय भेला गर्ने र उक्त भेलामा एनआरएनए अभियान्ता सहित समाज सेवी, बुद्धिजिवि, पत्रकार लगाएत सरोकारवालाको उपस्थिति रहने गरि परिचयात्मक कार्यक्रम सहित राष्ट्रिय परिषदको योजना र क्षेत्रिय समितिको पनि भावि योजना प्रस्तुत गरि आवस्यक छलफल गर्ने भिजन र प्रस्ताव तत्कालिन अध्यक्ष सुदन थापाले स्वीकार गरेपछि रासप को बैठकमा एजेन्डा सहित प्रस्तित गर्दौ सो बिषय मा बैठकले अधिकार प्रत्यायोजन गर्दै क्षेत्रीय भेला गर्ने निर्णय गरेको उनि ले हामिलाई बताए। पहिलो पल्ट सिनामाचिको TKT भवनमा एतिहासिक रुपमा क्षेत्रिय भेला बिभिन्न बिषय लाई प्राथमिकता दिदै सफल भयको उनको दावी छ।

पहिलो भेला सबै उत्साहजनक रुपमा उपस्थित रहेको थियो।
घिमिरे लगतै २०१७ /१९मा महासचिवमा सर्वसम्म भएं र बिधान कमिटिको संयोजकको भुमिका को जिम्मेवारी मा रहे। अव यस जिम्वेवारी संगै हिजोको उपलव्धी लाई सस्थागत गर्नु पर्छ भन्ने घिमिरेमा लाग्यो र बिधानमा नै क्षेत्रिय भेला गर्ने तर समयमै अर्थात कमिटिहरु गठन गरेको ३ महिना भित्र भन्ने बुदा सहित बिषय लाई सस्थागत गरेको उनले बताए। त्यस समय रासप को सदस्यको काममा अझै जिम्वेवारी दिन क्षेत्रिय लेखा प्रणालि र अडिट गर्ने जिम्मेवारी बिधानमा राखिएको। प्रत्येक कार्यकाल मा अधिवेसनमा परिषदको आर्थिक प्रतिवेदन पास/फेल भन्ने मै सिमित रह्यो ,तर आर्थिक प्रणालीबारे बिधानले कसैलाई पनि प्रस्ट अधिकार नदिएकोले आर्थिक नियमावली बनाउनु पर्ने बिषय राखियो साथै प्रत्येक कार्यकाल बिधान परिवर्तन गर्न आवस्यक नरहेमा प्रसासनिक नियमावली मार्फत सम्वोधन गर्ने गरि नियवावली बनाउनु पर्ने बिषय बिधानमा उल्लेख गरियको तर बिडंवना हाल सम्म न आर्थिक नियमावली तयार भए न प्रसासनिक नियमावली नै तयार भयो।बिधान मा आमुल परिवर्त गर्नु पर्छ भन्ने तत्कालिन अध्यक्ष टासि वाङदी लामा संगको परामर्शमा समय सापेक्ष उल्लेखनिय सुधार र परिमार्ज गर्दै र क्षेत्रको संगठानात्मक प्रणाली मा भौगोलिक आधार मानेर परिमार्जन गरिरेको तर दुःख का साथ भन्नु पर्छ त्यस पछिको कमिटिले परिवर्तन भएका विधानको ब्याख्या गर्न नसक्दा कार्यन्वयन हुन नसकेको उनको भनाई छ।

कार्यकाल पिच्छे ब्यक्ति फरक हुन सक्ने र कार्यसम्पादनमा समस्या हुने देखिएकोले संस्थालाई अझै सस्थागत रुपमा कार्यसम्पादन गर्न रासप को दैनिक काम गर्ने गरि स्थाई रुपमा“कार्यलय सचिव “चयन गरि काम गर्ने अवधारणा सहित विधानमा उल्लेख गरिएको तर बिडंवना अझै त्यो बुदा ले पनि सार्थकता पाउन नसकेको घिमिरेको भनाई छ।

रासप का सदस्यले क्षेत्रिय लेखा अडिट गरेपछि अधिवेसनमा मार्फत प्रतिवेदन पेस हुने र हल ले पास/फेल गर्ने बिषय उललेख गरियको तर रासप सदस्यलाई जिम्व्वारी नदिएको देखियो।
बिधान समय परिस्थिति अनुसार परिमार्जन हुनु पर्छ स्वभाविकै हो तर ब्यक्तिगत फाईदा लाई आधार मान्ने प्रवृद्धि बडि हावि भएको र पदहरुको घट बड गर्न तिर लागेको कारण बिधानमा उल्लेख गरिएका सल्लाहकार, मानार्थ सदस्य र कमिटिका सदस्य चयन पनि अझै प्रभावकारी र उदेश्य सहितको हुन नसकेको उनको भनाई छ।

आज पाचौ क्षेत्रिय भेला हुदै छ तर उदेश्य र गन्तव्य कता छ हेर्न बाॅकी रहेको बताउदै
एनआरएनए जापानको पाचौ क्षेत्रिय भेला यस्तो रहोस्ः भन्ने खाका प्रस्तुत यसरी गरेका छन्ः

खादा, मनतब्य र जलपानमा मात्र सिमित हुने भेला यस पल्ट नीति र योजनामा विशेष छलफल हुने गरी महत्व दिने योजनामा केन्द्रित रहोस्।यस पल्ट क्षेत्रीय भेलाको खाका यस्तो पनि हुन सक्छ।
१. कार्यपत्र प्रस्तुत
सहजीकरणका लागि पाच सदस्यीय कार्यदल गठन गर्दै कार्यदलले क्षेत्रिय समितिको गुरु योजना सम्वन्धि कार्यपत्र तपसिल बुँदामा आधारित रहि गर्ने छ र बिषय बस्तुको थप सफलता र सहजिकरणको लागि भेला प्रतिनिधिलाई बिभिन्न ५ समुह बिभाजन गरि कार्यपत्र उपर बृहत छलफल पच्छात छलफलबाट प्राप्त बिषय निर्णयार्थ हलमा पेश हुने छ। हलले पास गरेपछि लागु गरिने छ।साथै रासप जापानको विधानमा पनि सहज र बिशेष भुमीका रहने गरी भेलाले महत्व दिने छ।
बिषय बस्तु
कार्यपत्र प्रस्तुत
सहजीकरणका लागि पाच सदस्यीय कार्यदल गठन गर्दै कार्यदलले क्षेत्रिय समितिको गुरु योजना सम्वन्धि कार्यपत्र तपसिल बुँदामा आधारित रहि गर्ने छ र बिषय बस्तुको थप सफलता र सहजिकरणको लागि भेला प्रतिनिधिलाई बिभिन्न ५ समुह बिभाजन गरि कार्यपत्र उपर बृहत छलफल पश्चात त्यसबाट प्राप्त बिषय निर्णयार्थ हलमा पेश हुने छ। हलले पास गरेपछि लागु गरिने छ।साथै रासप जापानको विधानमा पनि सहज र बिशेष भुमीका रहने गरी भेलाले महत्व दिने छ।
बिषय बस्तु:-
क) क्षेत्रिय बिधान र संगठनात्मक संरचना।
१.क्षेत्रले रासप संग नबाजिने गरि आआफ्नो क्षेत्रिय बिधान तयार गरि लागु गर्न सक्ने छन्।
२.क्षेत्रिय बिधान रासप बाट प्रमाणित गर्नु पर्ने छ।रासप संग बाजिएका बुदाहरु स्वतह निस्कृय हुने छन्।
३.सदस्य संख्याको आधारमा कार्यसमितिको संरचना तयार हुनु पर्ने छ।
४.क्षेत्रिय समितिको बिधान तयारीको लागि कमिटिको निर्णय बाट बडिमा ५ सदस्यि बिधान समिति रहने छ।
५.विधान समितिमा रहेको ब्यक्ति सोहि कमिटिमा सोहि कार्यकालको उम्मेदवार बन्न नपाउने।
६. रासपको कार्यसमिति भन्दा एकतिहाई कम क्षेत्रिय कार्यसमिति संख्या रहने ।

ख) क्षेत्रिय बार्षिक साधारणसभा।
१. एक बर्ष भित्र क्षेत्रिय बार्षिक साधारणसभा गर्ने।
२.क्षेत्रको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन र बिधान उपर आवस्यक छलफल गर्ने।
३.क्षेत्रिय भेला हुनु भन्दा १५ दिन पहिल्यै आय/ ब्यय सार्वजनिक गर्नु पर्ने।
४. क्षेत्रिय भेला गर्नु भन्दा ४५ दिन अगाडि सार्वजनिक सूचना प्रकासित गर्नु पर्ने छ।
५.क्षेत्रीय भेला को गरिमा कायम हुने गरि सफल ब्यबस्थान हुने गरि समाबेसी आयोजक समिति बनाउनेमा ध्यान दिने।

ग) नीति तथा योजना।
१.एक क्षेत्र एक परियोजना लागु गर्ने।
२.क्षेत्रिय भेला, साधाधारसभा र बैठक बाट भएका निर्णय रासपले समेट्ने।
३.अत्यन्त सकृय क्षेत्रीय समितिलाई उत्कृस्टता को हिसाबले प्रोत्साहित गर्ने।

घ) आर्थिक श्रोत संगै कोष परिचालन।
१.बिधानले ब्यवस्था गरे अनुसार क्षेत्रिय लेखापरिक्षण गरिने।
२.क्षेत्रीय समितिले आफ्नो उचित कोष ब्यबस्थापनको लागि ध्यान दिने गरि समिति बनाएर अगाडी बढ्ने
३.विभिन्न ठाउँ या प्रसंग मा बढ्दो चन्दा आतंक लाइ उचित सम्बोधन गरेर अगाडी बढ्ने।

ङ) रासप र क्षेत्र बिचको समन्वय।
१. रासप को बैठकमा पदेन सदस्यको रुपमा क्षेत्रिय संयोजक र सचिवले भाग लिन पाउने।
२.प्रत्येक रासपको बैठकमा क्षेत्रिय रिपोटिङ संयोजकले गर्नु पर्ने।
३.क्षेत्रिय समिति सम्वन्धि विधानमा समेटिएका बुदाहरु ( क्षेत्रिय समितिको सिफारिसमा रासपको सदस्य, सल्लाहकार र मानार्थ मनोनित)समयमै कार्यन्वयन हुनु पर्ने।
४.बिगत ४ कार्यकालबाट गरिदै आएको क्षेत्रिय भेलालाई निरंतरता सहित परिणाम मुखि बनाउनु पर्ने।

फेसबुकबाट तपाइको प्रतिक्रिया