तुलसीपुरमा जारा एजुकेशन सेन्टर सञ्चालन, जापान प्रोसेसिङ शुल्क नलाग्ने

दाङ । तुलसीपुरमा जारा एजुकेशन सेन्टर सञ्चालनमा आएको छ । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले सेन्टरको उद्घाटन गरेका हुन् । सागर पुन,एकराज चन्द,गणेश कुमार पुन,सञ्जय मल्लले उक्त सेन्टर सञ्चालन गरेका हुन् ।

लामो समय जापान बसेर फर्किएका युवाहरुले उक्त सेन्टर सञ्चालनमा ल्याएका हुन् । सेन्टरका म्यानेजिङ डाइरेक्टर सागर पुन मगरले वैदेशिक रोजगारको शिलशीलामा हजारौं युवाहरू ठगिएको प्रति आफुरु सचेत र सजग भएको बताउँदै आफूहरूको कन्सलटेन्सी भरपर्दो माध्यम भएको बताए ।

जारा एजुकेशन सेन्टरले वैदेशिक रोजगारीका लागि स्टुडेन्ट र वर्किङ भिषामा जापान जान चाहने विद्यार्थीलाई भाषा र प्रोसेसिङ शुल्क नलाग्ने म्यानेजिङ डाइरेक्टर पुनले बताए ।

हरेक दिन बिहान ६ बजे साँझ ६ बजे सम्म अनुभवी र दक्ष शिक्षकबाट जापानिज भाषाका कक्षाहरु सञ्चालन हुने सेन्टरले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया