अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन आगामी जनवरी २ तारिखमा हुने

प्रदिप घिमिरे, टोकियो । अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन आगामी जनवरी २ तारिख टोकियोमा हुने भएको छ । अर्घाखाँची समाज जापानको पाँचौ अधिवेशन आगामी २०२४ जनवरी २ तारिख टोकियोको शिनओकुबोस्थित रोयल गार्डेनमा हुने तय भएको हो ।
टोकियोमा बसेको कार्यसमितिको नियामित बैठकले उक्त निर्णय गरेको हो ।

अर्घाखाँची जिल्लाबाट जापानमा आई पेशा ब्यबसाय, अध्ययन अध्यापन सहित विबिध क्षेत्रमा छरिएर रहनु भएकाहरूलाई एउटै संस्थामा समेटेर २०१५ मा स्थापाना भएको समाज जापानबासी अर्घाखाँचेलीहरूको साझा घर बनेको छ । समाजले आफ्नो स्थापनाकाल देखी नै जापान र नेपालका बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ ।
बिशेष गरी अर्घाखाँची जिल्लामा असाय,गरीब तथा जटिल स्वास्थ्य समस्या भएका दर्जनौ क्षेत्रमा सहयोग गर्दै आइरहेको समाजका महासचिव नारायण भूषालकोले जानकारी दिनुभयो ।

अधिबेशनलाई भब्य बनाऊदै सबै क्षेत्रमा छरीएर रहेका अर्घाखाँची बासीहूलाई समेटनको लागी अध्यक्ष समाजका अध्यक्ष दीपक थापाको नेतृत्वमा मुल ब्यबस्थापन समिति सहित विबिध उप समितिहर निर्माण गरेको छ ।
अधिबेशनमा समाजका महासचिबको सांगठानिक प्रतिबेधन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन र आगामी कार्ययोजना तय गर्ने छ ।

बैठकले अधिबेशनमा सम्पूर्ण जापानबासी अर्घाखाँचीबासीहरुलाई उपस्थितको लागि आग्रह गरेको कार्यसमितिको यो कार्यकालको अन्तिम बैठक डिसेम्बर १० तारिख बस्ने अधिवेशनका विषयमा थप छलफल र निर्णय गर्ने सचिब अर्जुन आचार्यले जानकारी दिनुभयो ।

अर्घाखाँची समाज जापानको नियमित भौतिक बैठकले हालको लागी विधान संशोधन उपसमिति र अधिवेशन ब्यवस्थापन उप समिति बनाएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया