मोना अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जापानका ददिवल खड्काले मारे बाजी

जापान । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनबाट जापानका ददिवल खड्का अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ ।
म्याग्दीको अन्नपुर्ण गाउपालीका ६ घार पुख्यौली घर भएका खड्का यस अघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी एक महिला सहित ६ उपाध्यक्षमा पोर्तुगलबाट सुर्जे भट्टचन, यूएईबाट इ। नन्द गर्बुजा, अस्टेलियाबाट हरी राम्जाली, जापानबाट दीपक कार्की, यूकेबाट किसान जिसी, महिला उपाध्यक्षमा विष्णु बानियाँ जापानकी चयन हुनु भएको छ ।

त्यसै गरि कारियाका महासचिब सुनेश केसी, अस्टेलिया, सचिबमा अस्टेलिया हिक्मत श्रेष्ठ र निलमकुमार थापा अमेरिका, महिला सचिबमा संगिता थापा जापान, कोषाध्यक्षमा कताका नरेन्द्र फगामी, सहकोषाध्यक्षमा अमेरिका प्रेम छन्त्याल, जापानका युवा संयोजकमा सचिन श्रेष्ठ, महिला संयोजकमा हंनकंन पुर्णिमा पाईजा, महिला उपसंयोजकमा नैना पुन तिलीजा बेल्जियम र क्षेत्रीय संयोजकमा दिपु फगामी पोर्तुगलबाट सर्वसम्मत चयन हुनुभएको छ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौं महाधिवेशनले आगामी दुईबर्षे कार्यकालका लागि भावी कार्ययोजना तथा रणनीति तय गर्ने कार्यक्रम समेत रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया