टोकियोमा ‘प्रवासमा अनलाइन पत्रकारिताको व्यवस्थापन’ विषयमा अभिमुखीकरण कार्यक्रम हुने

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा ‘प्रवासमा अनलाइन पत्रकारिताको व्यवस्थापन’ विषयक अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
प्रवासमा नेपाली भाषी अनलाईन, मिडिया संचालनको प्रावधान नेपाल सरकारको कानुनी, प्रावधान पत्रकार आचारसंहिता व्यवस्थापकीय पक्ष र प्रवासमा गरिने पत्रकारिताको प्रभाकारिता लगाएतको विषयमा बहस गरिने नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरीले जानकारी दिनुभयो ।

नेपाली दुतावास टोकियोका राजदूत डा दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको विशेष वक्ताको रुपमा नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा समिति, संयोजक लेखनाथ न्यौपाने र प्रशिक्षकको रुपमा डिजिटल मिडिया फाउन्डेसनका अध्यक्ष प्रवेश सुवेदी रहने छ भने कार्यक्रमको सहआयोजकको रुपमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जापान रहेको कार्यक्रम ‍संयोजक बिश्वास सुवेदीले जानकारी दिनुभयो ।

यही अक्टोबर ७ तारिख आइतबारको दिन सोलमारी मुरा हल, टोकियोमा दिउँसो १२ बजेदेखि १६ बजे‍सम्म हुन लागिरहेको कार्यक्रममा उपस्थितिको लागि नेपाल नेपाल पत्रकार महासंघ जापानले जापानमा रहेका ‍सबै पत्रकारहरुलाइ अनुरोध ‍समेत गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया