जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक पदमा आगामी कार्यकाल (२०२३-०२५)को लागि युवा ब्यवसायी, समाजसेवी दिपक केसीले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ।
एनआरएनए एसिया प्यासिफिक उप-संयोजक (डीआरसी) पदको लागि जापानबाट उम्मेदवारी दिने युवा ब्यवसायी समाजसेवी केसीको घोषणा गर्नु भएको हो ।
जापानको नागोया शहरमा व्यवसायी गरिरहनु भएका केसीले एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पदमा सशक्त उम्मेद्वारी दिने मातृ सन्देश डट कमलाई जानकारी दिनुभयो ।
एनआरएनए जापान नागोया क्षेत्रको संयोजक हुदै राष्ट्रिय समन्वय समितिको जापानको उपाध्यक्षमा सबैभन्दा बढी मत लिएका केसी हाल एनआरएनए आईसीसी सदस्य हुन ।
मोना जापानको पूर्वअध्यक्ष हाल मोना एसीया संयोजक, जापान रोटरी सद्स्य, जापानको एक दर्जन संघ-संस्थाको संरक्षक, सल्लाहकारको भूमिकामा रहेका केसी जापानमा गरीब दुखी बिरामी हरेक कुरामा अग्रपन्तीमा रहेर सहयोग गर्दै आउनु भएका छन ।
गैरआवासीय नेपालीकोहरुको अधिकार र ब्यवसायी क्षेत्रमा पनि सफल हुँदै आउनु भएका केसीले नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पदको नेतृत्वमा आउन लागेको बताउनु भएको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया