NRNA जापानको २३-२५ कार्यकालको लागि गुम्मा निवासी एक सक्रिय युवा बुद्धि राज गोले को पहिलो उमेदवारी घोषणाः

जापान: एनआरएनए जापान को लागि २३-२५ कार्यकालको लागि बिभिन्न पदका लागि उमेदवारी दिने होडबाजी चलेको छ। अध्यक्षमा हाल ७ जना आकांक्षी देखिए पनि अन्तिम सम्म ३ जना को उमेदवारी पर्ने देखिन्छ। एनआरएनए जापान प्रत्येक जापानवासी नेपालीहरूको साझा संस्था हुदा हुदै यस संस्थाको विगतले नेपाली हरुका माझ विश्वसनीयता मा ह्रास आएको छ। तर मरो मान्यता अलि फरक छ भन्दै युवा बुद्धि राज गोले यसो भन्छन्ः”व्यक्ति गलत होला तर संस्था कहिल्यै गलत हुदैन।संस्था गलत व्यक्तिको हातमा गयो संस्थामा गलत प्रवृत्ति मौलायो भनेर सामाजिक संजालमा रोइलो गर्नु भन्दा संस्था सवैको साझा हो संस्थामा गलत व्यक्तिको हातमा जादा गलत प्रवृत्ति मौलाउछ। संस्थाको गरिमा सक्किदा देशको गरिमा सक्किन्छ। “त्यसैले आउने २३-२५ को कार्यकालको लागि आर्थीक मितव्ययी र पारदर्शी एनआरएनए,सवै नेपालीको साझा संस्था एनआरएनए,देशमा लगानी र प्रविधि भित्र्याउने एनआरएनए,सवै नेपालीको सुखदुखको साथि एनआरएनए आदी मुद्वा सहित सदस्यमा उमेदवारी दिने निर्णय गरेको बताउछन् ।यस समयमा सहयोगको लागी सम्पूर्ण जापानवासी नेपालीजनमा हार्दिक अनुरोध पनि गरेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया