
जापानः प्रवाशी नेपाली मञ्च नागोयाको अध्यक्षमा नरेश राई चयन भएका छन् ।
प्रवाशी नेपाली मञ्च नागोयाको निवर्तमान अध्यक्ष कृष्ण भूषाल प्रवाशी नेपाली मञ्च जापानको राष्ट्रिय कमिटिमा जिम्बेवारी बहन गरे पछि बिधानत् दोहोरो जिम्बेवारी लिन उपयुक्त नहुने भएकाले प्रवासी नेपाली मन्च जापान नागोयाको बैठकबाट अध्यक्षको जिम्वेवारीबाट बिदा लिएको भूषालले बताए।
उक्त बिस्तारित बैठकले अध्यक्षमा नरेश राईलाई चयन गरेको हो। उनि यस अघि कमिटिको उपाध्यक्षमा रहेका थिए। कमिटिको उपाध्यक्ष विशाल क्षत्री ,सचिव कुमार अधिकारी
,उपसचिव सरोज काफ्ले र ईश्वर थापा रहेका छन्।
कार्य समिति सदस्यहरुमा ,रविन सापकोटा ,मदन खड्का ,नरेश बम ,सरु काफ्ले ,विशाल खत्री ,मदन भण्डारी ,सीपी जमरकट्टेल ,राजेन्द्र लम्साल ,सरोज गुरुड ,भैरव अधिकारी मनोज खनाल ,सरोज कुसार ,विजेता राई ,प्रकाश केसी र रबिन्द्र थापा रहेका छन्।
बैठकमा प्रमुख अतिथिको रुपमा प्रवाशी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सदस्य डा सरोज कंडेल र बिशेष अतिथि एनआरएनए जापानका उपाध्यक्ष राजाकुमार अधिकारी लगाएतको उपस्थिति थियो।
फेसबुकबाट तपाइको प्रतिक्रिया