जापानः। एन आर एन जापानको सदस्यता आबहान को शुरुवाती नै बिवादस्तक देखिएको छ।एन आर एन जापानको धादलिपूर्ण निर्वाचन प्रमाणत पुस्टि भएपछि त्यस्ले समग्र एन आर एन लाई नै असर गर्दै पद लोलुपताको निक्रिस्ट सोच भएका अभियनता हरुले त्यसैलाइ हतियार बनाउदै मनलाग्दि पद श्रीजना गरि आ आफ्नो पदिय अभिस्ट पुरा गर्न संस्था बिभाजन गरे। यो रस्साकस्सिमा सबैले आफुले इच्छाएको पद प्राप्ती गरेपनी जापानको बिबाद मिलाउने नैतिकता कसैले देखाउन सकेनन।
लामो कसरत पछि संस्था र बिभाजित समाजलाइ एकत्रित गर्नुपर्छ भन्ने सोचले आईसिसी उपाध्यक्ष महेश श्रेष्ठ लगायतको नेत्रित्वले न्यायोचित लडाइको नेत्रित्वो गरेकी अनिता गुरुङ लाई एन आर एन जापानको सम्रक्षक मा मनोनित गर्ने र आगामि कार्यकालको सदस्यता आबहान गर्दा
सहमतिमा सदस्यतामा अनियमिता हुन नदिन अधिकार सम्पन्न अनुगमन टिम बनाउने भन्ने सहमति गरियो तर त्यसलाई कार्वन्वयन गर्ने नैतिकता न कार्यसमितिले देखाउन सक्यो न त आईसिसी ले त्यसलाई लागु गराउन सक्यो।
अनुगमन टिम नवनि आवेदन खुलाउनुले फेरी पनि गत बर्षको झै सदस्यतामा धादलि गर्नु र मनोमानी गर्ने नियत प्रस्ट देखिएको छ भने पुरानै शैलिमा आफुहरुको ब्यक्तिगत बिवरण को चरम दुरुपयोग हुने निराशाले सदस्यता बन्न जापानबाशी नेपालीहरुलाई प्रेरित गरिरहेको छैन।
अर्को तिर केन्द्रिय समितिको गम्भिर लापर्बाहि र कमजोरीको कारण बिभाजित भएको एन आर एन कान्साईको समस्या समाधान नहुदै समस्या सकीसक्यो भनि भ्रम फैलाउदै समाजलाइ थप बिभाजित बनाउने र मिलाप को प्रयासनै नगरि आवेदन खुला गरिएकोले जनमानशमा थप बितृशणा को स्थिति श्रीजना गरेको पाइएको छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया