तपाई असफल हुन र पछि हट्न कुनै छुट छैन : बुद्धि राज घिमिरे

टोकियोः लामो समय जापान मा ब्यवसायी गर्दै आएका घिमिरे आफु संग संगै काम गर्दाको अनुभव र माननिय को योज्ञ्यता ,क्षमता लाई उच्च सम्मान गर्दै कुनै पनि बाहानमा असफल हुन र पछि हट्न छुट जनमत र देशले दिएको जिम्मेवारीले दिदैन भन्दै सरल भाषामा खुला पत्र माननिय डिपि अर्याललाई यस्तो लेख्छन् बुद्धि राज घिमिरे, जस्ताको तस्तैः

माननिय डिपी अर्याल ज्यू
श्रम ,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री ।

बिषय- संजाल मार्फत खुला पत्रः

आरम छु, आरम चाहन्छु।
जुन समय देखि यहा संग परिचय भयो त्यहि पहिलो भेट नै काफि बन्यो यहासंग अहिले सम्मको सुमधुर यात्रा।हुने बिरुवाको चिल्लो पात भनेझै यहाको मेहनत, हार्दिकता,कर्म प्रतिको लगनशिलता , योजना र भिजन सबै स्थानबाट यहाले सकारात्मक अनुभव लिन सक्षम रहनु तपाईको ऋदयको बिरुवारुपी चिल्लो पात साबित गरिदियो। समय र परिस्थितिले यहा संग काम गर्ने अवसर मिल्न गयछ र लाग्यो त्यो परिस्थिति मेरो पनि हार्दिकता संग मेल खाने थियो र मलाई यहाको यो कर्म प्रतिको मोहले लाग्थ्यो कि अवस्य पनि यहाको लागि ठूलै अवसर र जिम्वेवारी खोजिरहेछ । समय र परिस्थिको माग लाई कसैले छेक्न सकेन तपाईका अग्रगामि पाईलाहरु सधै अध्यारो पन्छाउदै उज्यालो को खोजितिर निरंतर अगाडि बड्दै गए, अनि त्यहि परिणाम स्वरुप राज्यले बिशेष भुमिका र जिम्वेवारीमा यहालाई पायो। लाग्छ श्रम , रोजगार र सामाजिक सुरक्षा भनेकै मानवताको माग गास, वास , कपास र सुरक्षा संग जोडिएको छ। अव नेपाली भुमिले सक्षम , अनुभवी ब्यक्तित्वलाई सहि जिम्वेवारी दिए जस्तो लाग्छ, बाकि समय यहाको।

खोलामा गिटि कुट्ने देखि खाडि मुलुक हुदै अमेरिका सम्म रहेका श्रम र चुनौचिलाई पनि संवोधन गर्नु पर्ने छ।
हुनत सतिले सरापेको देश भनिन्छ र केहि ब्यत्कि हरु प्रगतिका खुट्टा तान्ने गर्छन् ,तर त्यो बानामा तपाई असफल हुन कुनै छुट जनमत र तपाईको जिम्मेवारीले दिने छैन।हात्ति लम्कदै गर्छ कुकुर भुक्दै गर्छ भनेझै यहाको पाईला देश र जनताको लागि अझै लम्कनै पर्छ…

वास्तवमा यहाको उपस्थिति र भिजन जुन जुन क्षेत्रमा मैले देख्य त्यो क्षेत्र पुर्णरुपमा सफल भएको देखिन्छ। यहाले हालसम्म समाल्नु भएको कुनै पनि क्षेत्रमा असफल भन्ने नै मैले देखिन।तपाईलाई सम्पति र परिवारमा सन्तुष्टि पुर्ण रुपले पुर्व सफल कर्मबाट पाईसक्नु भएको छ, यहाले पद र सम्पतिको लोभमा असफल हुनपर्ने बाध्यता र छुट पनि यहा लाई पुर्व रचनात्मक कर्मले दिदैन।

हुन त यहाको र मेरो राजनिति को बाटो फरक छ (म एमालेको शुभचिन्तक हु भने यहा रास्वपा को उपसभापति हुनु हुन्छ)।

अव यहा ले यो पनि बुझ्नु पर्छ कि जति सफल र अगाडि पाहिलाहरु बडाउदै गर्यो त्यति समाजका क्यामराहरु यहा को पिच्छा गरिनै रहन्छन्, हिजोका अनुभव मात्र अवको अग्रगामी पाईलाको लागि प्रयाप्त नहुन सक्छ ,त्यसैले यहाको समर्थक भन्दा फरक पक्षबाट आएका भनाई र बिषय लाई समेत सफलता र सुझावको भर्याङगको रुपमा सदुपयोग गर्नु पर्ने चुनौति रहन्छ। बाकी यहाको काम र भिजन पछि आएका कामका परिणामको आधारमा लेख्दै गरौला……
केहि काम-
क) श्रम बिमा सुरक्षा
ख) श्रम संगै पेन्सन
ग) प्रवासमा बेवारिसे अवस्रथामा रहेका पार्थिक सरिर परिवार सम्म पुर्याउने
घ) सम्वन्धित देशको दुतावास मार्फत श्रम अनुमति नविकरण संगै लिईने शुल्कको आधा रकम जिवन बिमा
ङ) मेनपावर हरुलाई ब्यवस्थित र राज्यको मातहतमा राख्ने
च) प्रणाली गत सुधार आजको आवस्यकता

बुद्धि राज घिमिरे
पुर्व महासचिव
एनआरएनए जापान

फेसबुकबाट तपाइको प्रतिक्रिया