
भक्तपुर : सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले सैद्धान्तिक ज्ञानलाई ब्यवहारमा उर्तान आवश्यक रहेको बताउनु भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजनामा शूरु ८ दिने मेलमिलाप सम्बन्धी आधारभुत तालिमको उद्घाटन गर्नुहुँदै मेयर थापाले तालिममा सिकेका कुरालाई ब्यवहारमा उर्तान आग्रह गर्नु भएको हो ।
मेयर थापाले हरेक घर, परिवार र समाजमा मेलमिलापको खाँचो औल्याउनुभयो । समाजको रुपान्तरण र समृद्धिको लागि सबै एकजुट हुन आवश्यक रहेको बताउँदै मेयर थापाले त्यसका लागि एक आपसमा समझदारी र मेलमिलाप हुनुपर्ने बताउनुभयो ।
सो क्रममा मेयर थापाले नगरबासीको चाहना र भावनाअनुसार काम नगरपालिकाले काम गरिरहेको समेत स्पष्ट पार्नुभयो । जनभावना अनुसार नगरपालिकाले आफ्नो गतिविधिहरु अगाडि बढाइरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न पनि सबैमा आग्रह गर्नुभयो ।
उहाँले नगरपालिका सदैव नगरबासीको समस्या र गुनासो सम्बोधनमा क्रियाशील रहेको र सक्रिय भएर लागिपरेको समेत स्पष्ट पार्नुभयो ।
फेसबुकबाट तपाइको प्रतिक्रिया