कुलायन पुजाको दिनमा बिमोचन हुन सक्ला त राईनास नपा का घिमिरे हरुको वंशावली?

लमजुङगः फागुन २१ गते कुलायन पुजाको दिनमा बिमोचन हुन सक्ला त राईनास नपा का घिमिरे हरुको वंशावली? धेरै समय देखि खोज र बिवरण सॅकलनमा मा रहेको घिमिरे बन्धु हरुको ईतिहास लाई समेट्दै वंशावली तयार हुन लागेको एक स्रोत ले जानकारी दिए।सम्ववत यहि आउने कुलायन पुजाकै दिन पारेर बिमोचन गर्न प्रयास गर्ने बुझिएको छ !पुस्तुङग बाट मसारको घडेरी भन्ने ठाउमा बसाई आएका घिमीरे अहिले चारै तिर देख्न सकिन्छ। राईनास नपा वडा नं १ अथवा साविकको भलायखर्क गाबिस वडा नं ४ मा सबै भन्दा बाक्लो बस्ती घिमिरे हरुको रहेको छ।

२०७९ साल फाल्गुन २१ गते राईनास नपा का घिमिरे बन्धुहरुले कुलायन पुजा गर्ने निर्णय गरेको बताएका छन्। पुजा भव्य , सभ्य र एतिहासिक रुपमा सम्पन्न गर्न मुल आयोजक कमिटि संगै बिभिन्न समितिहरु गठन गरिने बताए। करिव ६० घर धुरी र ७०० को जनसंख्यामा रहेका घिमिरे हरुको ईस्टमित्र एजारौको हाराहारीमा हुने छन्।बिदेशमा रहनुहुने र टाढाटाढा रहनु हुने दाजु भाई , दिदी बहिनी हरु र सरोकारवाला ईस्टमीत्रले समय ब्यवस्थापन गर्दै गर्न अनुरोध समेत आयोजकले गरेको छ। सो पुजाको दिन प्रत्येक घर दुरी बाट १-१ वलि दिईने वा निम मा संलग्न हुने, पुत्र बडाई, जेष्ठ छोराको बडाई , पन्चवली गरि सयौ बलि दिईने देखिन्छ। पुजा बाजा गाजा र रातो पोशाख सहित भजन/ शंख / घन्टा को ध्बन सहित धुमधाम मनोरंजन सहित हुने देखिन्छ।संबवत यो प्रकारको कुलायन पुजा त्यो क्षेत्र र समुदाय मै उत्कृष्ठ र भव्य हुने गरेको पाईन्छ।आफ्नो समुदाय वा घिमिरे बाट जेष्ठ सदस्यलाई मुल मान्दै सबै घर परिवार आआफ्नो घरको पुजा सकेर मुल घरमा भेला भएर सबै मिलेर पुजा गर्दै कुलदेविको मन्दिरमा ( झ्याम्पानी माथी पोखरी भन्ने स्थानमा कुलदेविको मन्दिर रहेको छ)पुजाको लागि जाने चलन रहेको छ। पं.ईश्वरी प्रसाद घिमिरे को स्वर्गारोहण पछि अहिले जेष्ठ सदस्य श्री रुद्र प्रसाद घिमिरेको घरमा मुल दियो सारिएको हो, उहा अहिले ९१ बर्ष लाग्नु भएको परिवारिक स्रोत बताउछ। मुल दियो राख्ने सदस्यको घरबाट प्रत्येक दशैको अस्टमिमा बोका बलि दिनु पर्ने र उक्त दियो महिलाले हेर्न नहुने भनि सुरक्षित स्थानमा राखिएको हुन्छ। कुल पुजा सम्वन्धी अन्य आवस्यक जानकारी शनिवार हुने सामुहिक बैठकको निर्णय पछि , निर्णय सहित सूचना आगामी अंकमा समेत राख्ने छौ।

फेसबुकबाट तपाइको प्रतिक्रिया