
नेकपा एमाले दोलखाले यही पौष ९ र १० गते जिल्ला कमिटिको बैठक बोलाएको छ । निर्वाचनपछि हुन लागेको पहिलो बैठकमा निर्वाचन समिक्षाको विषयमा केन्द्रित हुने बताइएको छ । बैठकमा केन्द्रीय पोलिटब्यूरो देखि केन्द्रीय सदस्य, बाग्मती प्रदेश कमिटिका सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ ।
विशेष गरि मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा नेकपा एमालेले दोलखामा अनपेक्षित परिणाम हासिल गर्यो । दसकौ देखिको गढ रहेको दोलखा जिल्ला गुमाउनुपर्यो । निर्वाचनमा झिनो मतले पराजय भोग्नुमा पोलिटब्यूरो सदस्यद्धय आनन्द पोखरेल र पार्वत गुरुगंले खेलेको भूमिका मुख्य रह्यो । त्यस विषयमा आम कार्यकर्ताले सामाजीक सञ्जालमा दुई पूर्व मन्त्री समेत रहेका पोखरेल र गुरुगंप्रति पोखेको आक्रोशबाट स्पष्ट हुन्छ । यहाँ पार्वत र आनन्दलाई किन पनि मुख्य जिम्मेवार ठड्याइएको छ भने उनीहरुले लामो समयदेखि एकक्षत्र रुपमा दोलखामा राज गर्दै आएका थिए । सरकारी लाभको सुविधा उनीहरुकै आसेपासेले पाइरहेका थिए । तर विशेष गरि आनन्दको गृह क्षेत्र तामाकोशी गाउँपालिका र पार्वतको गृह क्षेत्र उत्तरी वेल्ट भनेर चिनीएको गौरीशंकर गाउँपालिकाका जनताको आक्रोशबाट उनीहरुले जनताको लागि माखो मार्न नसकेको र भएको मतको पनि सदुप्रयोग गर्न नसकेको स्पष्ट देखिन्छ । त्यती मात्र नभई चुल्ठे मुन्द्रे र केहि आफ्ना आसेपासेलाई हातमा लिएर राजनीति गरिरहेको पुष्टि हुन्छ ।
अर्कोतर्फ विपक्षी गठबन्धनलाई चुनाव ताका उत्तेजीत बनाउँदै एमालेले बुथ कब्जा गर्छ भन्ने जस्तो बनाएर उनीहरुलाई बुथ कब्जा गर्न हौसाएको र मौन समर्थन गरेको सहजै बुझ्न सकिन्छ । यदी त्यस्तो होइन भने महिना दिन अगाडि बुथ कब्जा गर्नेलाई जस्ताको तस्तै प्रतिवादन गर्ने भनेर खर्चपर्चदेखि सबैको ठेक्का लिएका नेताले बुथ कि जोगाउन सकेनन् ? किन आफ्नै मतदान छाडेर हिडे ? यी यावत प्रश्नले उनीहरु पार्टीका उम्मेदवार विशेष गरि प्रतिनिधिसभा तर्फका बालकृष्ण शिवाकोटीलाई जसरी पनि हराउनुपर्छ भन्ने उद्देश्यले लागेको देखियो । त्यती मात्र नभई विपक्षी सत्तागठबन्धन दलका नेताहरुसँग गरिएको साँढगाँढ, निर्वाचनमा टिकट नपाएपछि आफ्ना पक्षका जिल्लास्तरीय नेतालाई निस्कृय रहन गरेको सर्कुलर र अन्तमा चुनाव जित्ने संकेत देखिएपछि दुई दिन अघि दुई पोलिटब्यूरोसहित जिल्लास्तरीय केहि पदाधिकारी बसेर गरेको बैठक जस्ता अन्तरघातका प्रमाण विस्तारै खुल्न थालेका छन् ।
यी सबै प्रमाण र घटनाहरुलाई आधार बनाउने हो भने निर्वाचन हराउन दुई पोलिटब्यूरो सदस्य र उनीहरुको निर्देशनमा जिल्ला सचिव हिरा थोकरसहितको टिम सक्रिय रहेको पाइयो । तर निर्वाचन समिक्षा भनेर बोलाइएको बैठकमा यी विषयमा गम्भिर छलफल हुन्छ कि दुई पोलिटब्यूरोको दोष छोप्न केहि ब्यक्तीलाई कारवाही गरे जस्तो गरेर अन्तरघात गर्नेलाई जोगाइन्छ त्यो भने हेर्ने बाँकि नै छ । तर विशेष स्रोतका अनुसार दोलखा जिल्ला कमिटिमा पार्वत पक्षको बाहूल्य छ भने आनन्द पक्षका पनि केहि मान्छे छन् । उनीहरुले पार्वत र आनन्दको विरुद्ध कारवाही त के त्यस विषयमा छलफल पनि हुन दिने छैनन । अनी उनीहरु आफूलाई चोख्याउँदै फेरि राजनीतिको नाममा दोलखामा हैकम चलाउन खोज्नेछन ।
तर यो पटक पार्वत र आनन्द जिल्ला कमिटि दोलखाबाट बचे पनि केन्द्रबाट भने बच्ने छैनन् । विशेष स्रोतका अनुसार उनीहरुकै अन्तरघातको कारण बालकृष्ण शिवाकोटीले चुनाव हारेको कुरा बालकोटमा अध्यक्ष केपी शर्मा ओली समक्ष पुगिसकेको छ । ओली पर्ख र हेरको नीतिमा छन । यदी जिल्ला कमिटि दोलखाले कारवाही सिफारिस गरेन र अन्तरघात गर्नेलाई संरक्षण गर्यो भने जिल्ला कमिटि दोलखा विघटन समेत हुन सक्ने देखिएको छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया