दोलखामा बालकृष्ण शिवाकोटी झिनो मतले पराजीत हुनु भए पनि उहाँको लोकप्रियता झनै बढेको छ । बुथ कब्जा र धाँधली गरेर सत्ता गठबन्धनले निर्वाचन जिते पनि बालकृष्ण प्रतीको सद्भाव र लोकप्रियता झनै बढेको पाइएको छ ।
नेकपा एमालेका तर्फबाट दोलखा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहनु भएको शिवाकोटी आफैमा इमानदार भएको कारण पनि हुन सक्छ, उहाँलाई पार्टीका नेता कार्यकर्ता मात्र नभई समग्र दोलखाबासीले आसा र भरोसाको रुपमा हेर्न थालेका छन् । शिवाकोटीले बुथ कब्जा र धाँधली भएर निर्वाचनमा पराजय ब्यर्होदा पनि राजनीतिक संस्कारको थालनी गरेको, पराजयको पछाडि विभिन्न षड्यन्त्र भएपनि उहाँले कसैप्रति आक्षेप नलगाएको र पराजय सहर्ष स्वीकार्दै जनताको सेवामा लागिरहने प्रण गरेको जस्ता कारणले दोलखाबासीमाझ बालकृष्णको क्रेज बढेको हो ।
दोलखामा लामो समयदेखि बुथ कब्जा गर्ने गलत नजिरको अन्त्य गर्दै पुनः मतदान गराउन सफल भएर राजनीतिक शुद्धीकरण गराउन सफल भएको, कम बोल्ने र काममा विश्वास गर्ने जस्ता उहाँका धेरै कार्यशैली जनताले रुचाएको पाइएको छ ।
लोकतन्त्रमा हार जीत स्वभावीक भए पनि राजनीतिमा टिकीरहनु र जनताको सेवामा दत्तचित्त भएर लागिरहनु चाँहि चुनौतीका रुपमा लिने गरिन्छ । किनकी चुनावमा हारेर पनि जनताको निस्वार्थ सेवा गर्नु आफैमा ठूलो महानता हो । वास्तावमै दोलखाबासीले बालकृष्ण शिवाकोटीबाट यही आसा गरेका छन् । अब बालकृष्ण पूर्णकालीन राजनीतिमा फर्किनुहोस भन्ने चाहना दोलखाबासीको छ । बालकृष्णले जनताको हरेक दुख: सुखमा साथी बन्दै सामाजीक कार्यमा अझ बढी सक्रिय भएर दोलखाबासीको यती ठूलो विश्वास र सेन्टिमेन्टलाई बुझ्न सक्नुपर्ने धेरैको सुझाव छ ।
बालकृष्णले चुनावमा ब्यक्त गर्नु भएका एजेन्डाहरु पदमा नभए पनि एजेन्डालाई उठान गरिरहनु पर्ने, कार्यान्वयन गराउन दबाब दिइरहनु पर्ने, दोलखाका हरेक विषयमा आफ्ना धारणाहरु राखिरहनुपर्ने, जनहितविरुद्ध हुने हरेक कार्यको खुलेर विरोध गर्नुपर्नेजस्ता सुझावहरु पनि बुद्धिजीवीहरुले दिएका छन् ।
साथै दोलखामा पुस्तान्तरण र नयाँ नेतृत्वको खोजी भइरहँदा बालकृष्ण शिवाकोटीले आफ्ना गतिविधि र सक्रियतालाई ब्यापक बनाउँदै दोलखाको समृद्धि र विकासमा अबको समय खर्चीनुपर्नेमा सबैको जोड छ ।
फेसबुकबाट तपाइको प्रतिक्रिया