आनन्द–पार्वतको ब्यक्तीगत स्वार्थले दोलखामा एमालेको हार

दोलखा । नेकपा एमालेले यो पटकको निर्वाचनमा दोलखामा झिनो मतले पराजय ब्यहोर्नु पर्यो । नयाँ पुस्ता र नयाँ नेतृत्वलाई अगाडि सारिरहँदा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङकै असहयोगको कारण चुनावमा पराजय ब्यहोर्नु परेको कार्यकर्ताहरु बताउँछन् ।

टिकट खोसीएपछि नयाँलाई हराउन जोडबल

दशकौदेखि एमालेको गढका रुपमा चिनीदैं आएको दोलखामा आनन्द र पार्वतले आलोपालो राज गर्दै आएका थिए । तर यो पटकको निर्वाचनमा आफुहरुको हातबाट टिकट खोसीएपछि उनीहरुले पार्टीका उम्मेदवारलाई हराउन लागिपरे । दोलखाको हरेक निर्वाचनमा आनन्द र पार्वतलाई जिताउन सहयोग गर्दै आएका बालकृष्ण शिवाकोटी यो पटक एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार थिए । तर आनन्द र पार्वतलाई शिवाकोटीले टिकट पाएको पटक्कै मन परेन । कारण, आफुहरुको अस्तित्व समाप्त हुने डर । उनीहरुबीचको आपसी लडाई र इगोका कारण स्थानीय तहमा नराम्ररी पराजय ब्यहोर्नु परेपछि दोलखामा ब्यक्तीगत स्वार्थका कारण सगठन ध्वस्त पारेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले तेस्रो ब्यक्तीलाई टिकट दिलाएका थिए ।

दोलखाको राजनीति वृतमा आनन्द र पार्वतको वर्चस्व रहेकोमा अब आउने चुनावमा आनन्द पोखरेलको ७० वर्षे उमेरहद सकिने कारणले पार्वत एकछत्र राज गर्ने दाउमा थिए । अर्कोतर्फ आनन्द पनि यो पटकको चुनाव जसरी पनि लड्ने कशरतमा थिए । तर विगतमा मन्त्री समेत भइसकेका पार्वत र आनन्दले जिल्लाबासीलाई खुशी बनाउन नसकेपछि पार्टीले तेस्रो व्यक्ति खडा गर्यो । टिकट नपाएर रुष्ट बनेका दुबै पूर्वमन्त्री पार्टीप्रति नै बेइमानी गर्न पछि परेनन् ।

पार्वतको चलखेल

विशेष गरि पाँच वर्षे ओली नेतृत्वको सरकारमा महिला बालबालीका तथा समाज कल्याण मन्त्री र सुचना तथा संचार मन्त्रीको जिम्मेवारी पाएका पार्वतले दोलखाली जनताको लागि माखो मार्न सकेनन् । चुनावमा बालकृष्णले टिकट पाएपछि पार्वतले बाहिरी रुपमा सहयोग गरेको देखाए पनि भित्री रुपमा हराउन लागिपरे । त्यसको एउटै प्रमाण स्वरुप उनले आफ्नो गौरीशंकर गाउँपालिकाका मतदातालाई विपक्षी उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेको पाइयो । पार्वतले एमालेकै कार्यकर्तालाई समेत बालकृष्ण शिवाकोटीलाई मत माग्ने काम गरेनन् । अघिल्लो चुनावमा पार्वत गुरुङले जिल्लाका विभिन्न स्थानमा बुथ कब्जा गरेरै फराकिलो अन्तरले चुनाव जितेका थिए । वैतेश्वर गाउँपालिकामा संगठन समेतलाई वेवास्था गर्दै उनले बुथ कब्जा गरे । जसको कारण सो क्षेत्रमा संगठन पुरै तहसनहस भएको थियो । यता पार्वतको आफ्नै क्षेत्र गौरिशंकर गाँउपालिकामा पनि संगठनलाई ध्यस्त पारी केही चुल्ठे मुन्द्रेलाई साथमा लिए ।

दोहोरो चरित्र

अब कुरा गरौ यस पटकको चुनावमा पार्वतले खेलेको भूमिकाको । गौरीशंकर गाँउपालिकामा यो चुनावमा कांग्रेसको ठुलो सहयोग रहँदा रहँदै पनि एमालेलाई सबैभन्दा कम मत आयो । कारण पार्वतको द्धैध चरित्र ।

सोही गाउँपालिकाबासी समेत रहेका गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका उम्मेदवार गंगा कार्कीलाई पार्वतले भित्री सहयोग गरे । पार्वतले चुनावमा उत्तेजक भाषण गर्दै बुथ कब्जामा समेत मौन समर्थन जनाईरहे ।

आनन्द पोखरेलको असहयोग

आनन्द पोखरेलले पनि मन्त्री हुँदा जिल्लाको लागि खासै केही काम गर्न सकेनन् । आफ्नै क्षेत्र तामाकोशी गाउँपालिकाका लागि समेत केही गर्न नसक्दा स्थानीय जनताहरु निकै नै रुष्ट थिए । काम गर्नुको सट्टा उनी आफ्नो सम्पत्ति जोड्न लागि परे । फलस्वरुप उनले पनि यसपटक पार्टीबाट टिकट पाएनन् । आफुले टिकट नपाएपछि उनी पनि पार्टीका तर्फबाट नयाँ उम्मेदवार शिवाकोटीलाई हराउन भित्री रुपमा लागि परे ।

आनन्दको गृह क्षेत्रको जफेमा सम्पूर्ण संगठन नै ध्वस्त बनाएएको स्वयं कार्यकर्ताहरु बताउँछन् । यो निर्वाचनमा जफेको बुथ छोडेर उनी हिडेकाले पनि पराजयको लागि सहयोग गरेको प्रष्ट देखिन्छ । जुन बुथमा गठबन्धनले ८ सय बढी मत ल्याउँदा एमालेले ५० मत पनि कटाउन सकेन । यसरी संगठनको मत समेत आफ्नै वडाबाट प्राप्त गर्न नसक्नु दुबै पुर्व मन्त्रीको असहयोग प्रष्ट देखिन्छ । उता आनन्दका कारण पार्टी जिल्ला सचिव रहेका हिरा थोकरले समेत आफ्नो बडामा गंगा कार्कीलाई मतदान गर्न लगाई आफू बुथमा नबसेको पुष्टि हुन आएको छ ।

बुथ कब्जा नभएको स्थानमा राम्रो जनमत

दोलखामा यस पटकको निर्वाचनमा आनन्द र पार्वतले असहयोग गरेका स्थान बाहेक अन्य क्षेत्रमा एमालेलाई राम्रो जनमत आएको छ । जिल्लाको जिरी नगरपालिकामा त्रिपक्षीय भिडन्त हुँदा पनि तुलनात्मक रुपमा एमालेलाई राम्रो मत प्राप्त भयो ।

भिमेश्वरमा पनि अत्यन्तै राम्रो जनमत देखिएको छ भने विगुमा पनि राम्रो संगठन रहेको पाइयो । समग्रमा यस पटकको निर्वाचनमा जिल्लाभरी कसैको दबाब र प्रभाव नपर्ने हो भने फराकिलो मतान्तरसहित शिवाकोटीको जित निश्चीत थियो । असहयोगको बाबजुत पनि प्राप्त भएको मतले जनताको मनमा बालकृष्ण शिवाकोटी बस्न सफल भएको प्रष्ट देखियो । यस विषयमा पार्टीले गम्भिर समिक्षा गरि पार्टीका उम्मेदवारलाई अन्तरघात गर्नेलाई जनमानसमा नग्याउँदै कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने देखिन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया