गलकोट समाज जापानको ‘सांगितिक धमाका २०२३’ को तयारी तिव्र

जापान । अंग्रेजी नयाँ वर्षको अवसरमा गलकोट समाज जापानको आयोजनामा हुन लागेको गल्कोट क्षेत्रमा स्वास्थ्य क्षेत्रको लागि सहयोगार्थ ‘सांगीतिक धमाका(२०२३’ को तयारी तिव्र रूपमा भैरहेको छ ।
जापानका चार शहर फुकुओका,ओशाका, नागोया र टोकियोमा नेपालबाट आउने चर्चित कलाकारको प्रस्तुति रहने गरि हुन लागेको कार्यक्रमका लागि क्षेत्रीय समितिको प्रत्यक्ष व्यवस्थापन र समन्वयमा कार्यक्रम गरिने भएको हो ।
‘समाजले तोकेको केन्द्रीय प्रतिनिधिको प्रत्यक्ष समन्वय र सहकार्यमा क्षेत्रीय समितिको स्थानीय व्यवस्थापनमा कार्यक्रमलाई संचालन गरिनेछ।’ समाजकी अध्यक्ष कालिका थापाले मंगलबार सम्पन्न केन्द्रीय समितिले गरेको निर्णय बारे जानकारी गराउदै भनिन( सबैको अपनत्व र सक्रिय सहभागितामा कार्यक्रमलाई सफल बनाउनका लागि यस वर्षदेखि नया प्रयास थालनी गरेका हौ ।

डिसेम्बर २७ तारिख फुकुओका, डिसेम्बर ३१ तारिख ओसाका, जनवरी १ तारिख नागोया र जनवरी २ तारिख टोकियोमा नेपालका चर्चित कलाकारहरूको साथमा गरिन लागेको कार्यक्रमको लागि केन्द्रीय समिति र क्षेत्रीय समितिका बीचमा समन्वयकारी भूमिका निर्वाह गर्नका लागि फुकुओकामा बिपिन कंडेल, ओशाकामा गौरीशंकर गैरे रामु, नागोयामा राजेन्द्र श्रेष्ठ र टोकियोमा डिलाराम गैरेलाई केन्द्रीय प्रातिनिधिको रूपमा चयन गरिएको कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।
गलकोट क्षेत्रमा स्थानीय सरकारसँगको आवश्यक समन्वयमा त्यहाका नागरिकलाई प्रत्यक्ष सेवा र लाभ प्रदान गर्ने गरि स्वास्थ्यका क्षेत्रमा आवश्यक सहयोग रकम संकलनका लागि गरिन लागेको कार्यक्रम भएकोले जापानमा रहेका हरेक नेपाली समुदायसंग आर्थिक रूपमा सहकार्यका लागि योजनबद्द रूपमा लागिएको र सबै पक्ष र क्षेत्रबाट सकारात्मक प्रतिक्रियासहित प्रतिबद्धता आइरहेको कार्यक्रमका आर्थिक संयोजक तथा कोषाध्यक्ष दिलबहादुर थापा रामुले बताए ।

कार्यक्रममा सबैको सहभाहिता होस भन्ने उदेश्यले मुख्य प्रायोजक १५ लाखदेखि माथि, सह प्रायोजक ५ लाखदेखि १० लाखसम्म, प्लेटिनियम पार्टनर ३ लाखदेखि ५ लाखसम्म, गोल्ड पार्टनर १ लाखदेखि ३ लाखसम्म, शिल्भर पार्टनर ५० हजारदेखि १ लाखसम्म, ब्रोन्च पार्टनर ३० हजारदेखि ५० हजारसम्म र सपोर्टर १० हजारदेखि ३० हजारसम्मको प्रयोजनका प्रकार निर्धारण गरि आर्थिक संकलन गरिएको प्रवक्ता दिलिप कंडेलले जानकारी दिए ।

नेपालका चर्चित कलाकार प्रकाश सपुत, रचना रिमाल, श्रीकृष्ण बम मल्ल र इश्वर सिंहको साँगीतिक प्रस्तुति रहने बताइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया