जापानमा २८औं तमु ल्होसार कार्यक्रमको तयारी तीव्र, तयारी अन्तिम चरणमा

टोकियो । तमुहरुको महान साँस्कृतिक पर्ब तमु ल्होसार कार्यक्रमको तयारी तीव्र बनाएको छ । तमु धीं जापानले हालै २८औं ल्होसार साँस्कृतिक साँझ कार्यक्रम तीव्र बनाउदै पोस्टर सार्बाजानिक गरेको छ ।
योकोहामास्थित मण्डला रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गर्दै तमु धीं जापान पधाधिकारिहरुले २८ औं ल्होसार साँस्कृतिक साँझ कार्यक्रमको पोस्टर सार्बाजानिक गरेको हो ।
पोष्टर सार्बाजानिक गर्दै कार्यक्रमको तयारि अन्तिम चरणमा पुगेको तमु धीं जापानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सोममाया तमुले जानकारी दिनुभयो । बाघ वर्गको विदाई र विरालो वर्गको स्वागतमा मनाईने उक्त ल्होसार तमु धीं जापानले २ जनवरी २०२३ सोमवारका दिन दिउसो ३ बजेबाट ७ बजे सम्म ईकेगामी काईकान हलमा मनाउदै छ ।
ल्होसार कार्यक्रमलाई आकर्षक र मनोरन्जनात्मक बनाउन धीं ले नेपालबाट प्रथम वाई-वाई नेपाल स्टार एलिना गुरुङ र कौडा गायक दुर्गा बहादुर गुरुङलाई जापान निमन्त्रण गरेको छ । साथमा जापानमा रहेका स्थानिय कलाकाहरुले विभिन्न झाँकी तथा तमु साँस्कृति झल्काउने नृत्यहरु प्रस्तुत गरि मनोरंजन दिलाउने तमु धीं जापानका उपाध्यक्ष चित्र तमुले बताउनु भयो ।

हरेक वर्ष रोंधि र ल्होसार जस्ता तमुहरुको महत्वपुर्ण चाड मनाउदै आउनुको एकमात्र मक्सद गुरुङ जातिको संस्कार र संस्कृतिलाई जिबन्त राख्दै दोश्रो पुस्तासम्म पुर्याउनु नै हो”, तमु धीं जापानका अध्यक्ष रमेश कुमार तमुका बताउनु हुन्छ । ल्होसार साँस्कृतिक साँझ भब्य, सभ्य र ब्याबस्थित हुने भन्दै कार्यक्रममा सबैले विदा मिलाई उपस्थित भईदिन समेत आयोजक तमु धींले जापानवासी सबै तमु एवं गैर तमु नेपालीहरुमा अपिल गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया