ओएनएफ अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशनको लागि जापानबाट १६ जना नेपाल प्रस्थान:

जापान । नेकपा(एमाले) को समर्थित प्रवास संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटिको पहिलो अधिवेशनको लागि जापानबाट १६ जना नेपाल प्रस्थान गरेका छन ।
ओएनएफ आइसीसीको यही कात्तिक १९ र २० गते काठमाडौँमा हुने पहिलो अधिवेशनमा विश्वभरबाट नेपाल जानेक्रममा जापानबाट १६ जना स्वदेश गएको ओएनएफ जापानका अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिनुभयो ।

“सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली” भन्ने मूलनाराका साथ काठमाडौँमा आयोजना गर्न लागिएको अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्सीय आयोजक कमिटी, पाँच महादेश कमिटिबाट पाँच जनाको दरले २५ र हरेक राष्ट्रिय कमिटिबाट गरी तीन सय प्रतिनिधि सहभागी हुनेछन ।

अधिवेशनमा राजनीतिक, सांङ्गठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछ भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्सीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया