नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना नेता कार्यकर्ता एमालेमा समाहित:

तनहु:नेकपा एकीकृत समाजवादी तनहुँका सचिव दुर्गाकुमार श्रेष्ठको नेतृत्वमा क्षेत्र नम्बर २ का चार सय ६१ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका छन् ।

बुधबार दुलेगौडामा आयोजित कार्यक्रममा श्रेष्ठको नेतृत्वमा १७ जना जिल्ला कमिटी सदस्य, युवासंघका गण्डकी प्रदेश अध्यक्ष कमल गैरे, शुक्लागण्डकी नगरकमिटी, युवासंघ तनहुँको कमिटी एमालेमा समाहित भएको घोषणा गरिएको हो ।

सोही कार्यक्रममा कांग्रेसमा ३७ वर्षदेखि आबद्ध मनिराम परियार पनि एमाले प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य रामबहादुर थापा क्षेत्री, सन्तोष वाग्ले, दीलबहादुर थापा, सानुमाया थापा, रिता भुजेल, सूर्यप्रकाश तिमिल्सिना, श्रीराम पौडेल, नारायणदत्त वाग्ले, युवासंघका अध्यक्ष जीवन भट्टराईलगायत शुक्लागण्डकी नगर कमिटीसहित ४६१ जना एमालेमा समाहित भएका हुन।

फेसबुकबाट तपाइको प्रतिक्रिया