
टोकियो : जापानमा नेपाली समाजमा देखेको भोगेको कुराहरूमा बिशेष गरी नेपालीहरूको विभिन्न चार्ड पर्व हरु आउंदा जापानबासी नेपालीहरुले आ-आफ्नो धर्म ,सस्कृति ,जातीय भेगिय हिसाबले जसो तसो मनाईरहेको पाइन्छ। हरेक पर्वमा शुभकामना आदन प्रदान अथवा जापानमा रहेको कलाकार /नेपालदेखी कलाकार बोलाएर भव्य तरिकाले कार्यक्रम गरेको पाइन्छ ।
त्यस्तै तिहारको समय मा पनि विभिन्न संघ सस्थाले शुभकामना आदनप्रदानको कार्यक्रम आयोजना गरी रहेको पाईन्छ । तर तिहारको बिशेष दिन भाइटीकाको भने कसैले आयोजना गरेको खासै देखिदैन र उक्तदिनको सामाजीक संजालहरूमा दाजुभाइले टिका लगाउन नपाएको अथवा दिदीबहिनीहरुले पनि सामाजिक संजाल बाट नै शुभकामना दिएको भने प्रसस्त नै पाईन्छ ।
जापानमा नेपालीहरू को वसाई सवा लाख पुगि सकेको र आउने क्रम जारी रहेको र चाडपर्व सामाजिक संजालमा मात्र सिमित रहने हो भने हाम्रो संस्कार सस्कृति बिस्तारै लोप हुने देखिन्छ। यस्तो अवस्था आउन नदिनको लागि टोकियो मा रहेका दिदी बहिनीहरू मिलेर यो बर्ष सामुहिक भाइटिका आयोजना गर्ने निधो गरेका हुन्। उक्त कार्यक्रममा सगभागि हुन सबैलाई सामुहिक आमन्त्रण गरिएको आयोजक बताउछन्।
यो कार्यक्रमले भाइटीकाको न्यास्रो मेटाउन मद्दत पुग्ने विश्वास लिएको आयोजकको भनाई छ। बिदेशी नागरिकहरू पनि आएमा सु स्वागत गर्ने र नेपालीहरूको चाडपर्वको बारेमा उनिहरूलाई पनि जानकारी मिलोस र नेपाल भ्रमणमा जान उत्साहित बनोस भन्ने अनिता गुरुङग को भनाई छ।
फेसबुकबाट तपाइको प्रतिक्रिया